• माघ २, २०८०
  • जुनकिरी खबर

इटहरी उपमहानगरले आर्थिक ऐन २०८०र८१ लाई संशोधन गर्ने

alt

इटहरी उपमहानगरपालिकाले आर्थिक ऐन २०८०/८१ लाई संशोधन गर्ने तयारी गरेको छ । वृद्धि भएको राजस्व, शुल्क तथा जरिवानाको विरोध भएपछि उपमहानगरपालिकाले आगामी नगर सभा मार्फत करको दर घटाउने तयारीमा लागेको हो ।

पौष मसान्त सम्म इटहरी उपमहानगरपालिकाको आन्तरिक आम्दानी १७ करोड ५५ लाख मात्र छ । जसले चालु खर्च मात्र पनि व्यवस्थापन गर्न समस्या पर्ने देखिन्छ ।

मुख्यतः दस्तुर जरिवाना र एकीकृत सम्पत्ति करको दर घटाए पनि आम्दानीको लक्ष्य बढाउन लागेको छ ।यसअघि ६८ करोड १४ लाख अनुमान गरिएको आन्तरिक आयको लक्ष्य बढाएर ९२ करोड १४ लाख पुर्‍याउन लागिएको हो ।

सम्पत्ति करको सबैभन्दा धेरै सम्पत्तिको मूल्याङ्कन हुने १ करोड १० लाख रुपैयाँ सम्मको करमा वृद्धि हुने भएको छ । सम्पत्ति करको हिसाबमा इटहरी उपमहानगरपालिका भित्र अत्यधिक मूल्याङ्कन हुने  एकीकृत सम्पत्ति करको दर वृद्धि हुन लागेको हो । यस अघि ७५ लाख सम्म शून्य दशमलव १३ प्रतिशत लाग्ने करको शीर्षक बढाएर १ करोड १० लाख सम्मको शून्य दशमलव १४ प्रतिशत पुर्याउने तयारी भएको छ ।

यसअघि १२ करोड ५५ लाख ८० हजार अनुमान गरिएको सम्पत्ति करको आय बढाएर २१ करोड ५५ लाख ८० हजार पुर्‍याउन लागिएको छ । भुमिकर तथा मालपोतमा पनि १० करोड अनुमान बढाउने तयारी भएको छ । १४ करोड अनुमान गरेको घर बहाल करबाट २० करोड उठाउने उपमहानगरको योजना छ।

व्यवसाय करमा ८ करोड अनुमान गरिएकोमा बढाएर १३ करोड पुर्‍याउन लागिएको हो । सिफारिस दस्तुरबाट हुने आम्दानीमा १ करोड अनुमान वृद्धि गर्ने तयारी भएको छ ।

यसअघि ९७० लाग्ने सर्जीमिन गरि गरिने नागरिकता सिफारिसमा ५७० कायम गरिने भएको छ । गैरआवसीय नेपालीको नागरिकता सिफारिसमा भने १० हजार शुल्क लाग्ने भएको छ ।

अस्थायी बसोबास प्रमाणित सिफारिस शुल्कमा ५ सय रुपैयाँ घटाउन लागिएको हो । यसअघि ९७० लाग्दै आएको सिफारिस संशोधन विधेयक प्रमाणित भए पश्चात् ४७० लाग्ने भएको छ ।

२ हजार कायम रहेको थ्रि-फेज लाइन जडान सिफारिसमा ५ सय घटाएर १५ सय पुर्याउने तयारी गरिएको छ। विद्युत् सर्जीमिनमा अपाङ्गलाई नि:शुल्क गर्ने व्यवस्था मिलाउन लागिएको छ ।

९७० रहेको धनीपुर्जा हराएको सिफारिसमा ४७० घटाएर ५ सय पुर्याउने तयारी भएको छ । त्यस सँगै भौतिक पूर्वाधार प्रयोगशाला परीक्षण गरिने बस्तुको सेवा शुल्कमा समेट घटाउने उपमहानगरको तयारी छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]