• माघ ५, २०८०
  • जुनकिरी खबर

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा ओपिडी सेवा ठप्प

alt

बृती बिकासको माग गर्दै आन्दोलनरत बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले छैठौ दिनपनि ओपिडी सेवा ठप्प पारेका छन । 

६ दिनयता विहान र दिसो उपकुलपतिको कार्यकक्ष अगाडि धर्ना र सभा गर्दै आएका चिकित्सक तथा कर्मचारीले माग पुरा नभएसम्म आन्दोलनलाई थप शसक्त बनाउदै लैजाने बताएका छन ।

स्वास्थ्य मन्त्रालयमा हिजो मन्त्रालय र प्रतिष्ठानका पदाधिकारीबिच भएको छलफल सकारात्मक भएपनि त्यो आफूहरुलाई मान्य नभएको भन्दै आज पनि आन्दोलनलाई निरन्तरता दिएको कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकालले बताइन । 

बिगतमा पनि यस्तै सहमती गर्दै कार्यन्वयन नगरिएकाले माग पुरा हुने ग्यारेन्टी नभएसम्म आन्दोलन नरोकिने शिक्षक कल्याण समाजका अध्यक्ष सेराज अहमद खानले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएपछी  स्वास्थ्य मन्त्रालयले छलफल थालेको थियो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, मुख्य सचिव बैकुण्ठ अर्याल सहित मन्त्रालयका उच्चअधिकारी र प्रतिष्ठानका निमित्त उपकुलपति डा. प्रह्लाद कार्की , शिक्षाध्यक्ष सञ्जीव शर्मा सहितका पदाधिकारीले छलफलमा थालेका थिए ।

काठमाण्डौमा छलफल सकारात्मक भएको बताइए पनि वृत्तिविकासको माग सहित चिकित्सक, कर्मचारी आन्दोलनमा उत्रिएपछि सयौं बिरामी मारमा परेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]