• माघ ७, २०८०
  • जुनकिरी खबर

पहिचान पक्षधरसँग फेरी वार्ता गर्ने प्रदेश सरकारको तयारी

alt

कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि  तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शनिवार बसेको बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने गरी समिति गठन गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईले जानकारी दिए । 
 
प्रदेशसभा बैठकले फागुन १७ गते प्रदेशको नाम  कोशी पारित गरेपछि  पहिचान पक्षधरले पुन नामकरणको माग गर्दै आएका छन्  । प्रदेश १ पून नामकरण संयुक्त सङ्घर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् ।  निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटमा नै पहिचान पक्षधरको माग र मुद्दा सम्बोधन  गर्ने भन्दै बजेटमा नै ब्यवस्था गरेका थिए ।   
 
पहिचानको मुद्दालाई सम्बोधन गर्नकालागि खुवालुङको संरक्षण, तुवाचुङ, महागुरु फाल्गुनन्द, किराँत धर्मगुरु आत्मानन्द क्षेत्रको विकासकालागि बजेटको ब्यवस्था गर्नुका साथै फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्ने गरी चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको छ। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]