• माघ १३, २०८०
  • जुनकिरी खबर

धरान एक्स्पो फागुन ११ देखि

alt

धरानका स्थानीय उत्पादन, कृषि उपज प्रवद्र्धन र आर्थिक गतिविधि बढाउने उद्देश्यका साथ सुनसरी उद्योग वाणिज्य संघले ‘धरान एक्स्पो’ आयोजना गर्ने भएको छ । ‘धरान एक्स्पो’ नामकरण गरिएको कृषि, पर्यटन, कला–संस्कृति, शिक्षा, खेलकुद तथा औद्योगिक, व्यापार प्रदर्शनी आगामी फागुन ११ देखि २३ गतेसम्म आयोजना हुने छ । यो प्रदर्शनी संघले दोस्रो पटक आयोजना गर्न लागेको हो । 

‘एक्स्पो’ बारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विजय श्रेष्ठले ‘धरान एक्स्पो’ ले धरानका व्यापारी, व्यवसायी, स्थानीय उद्यमीमा नयाँ उत्साह थप्ने र बजारमा आर्थिक चहलपहल ल्याउने विश्वास व्यक्त गरे । 

अध्यक्ष श्रेष्ठका अनुसार ‘एक्स्पो’ मा १५० वटा स्टल रहने छन् । ५ लाख जनाले ‘एक्स्पो’ को प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ । ‘एक्स्पो’ मा स्थानीय उत्पादन बेसार, कालो बंगुर, तीनपाने, अदुवा, अम्लिसोलाई प्रवर्धन गर्दै स्थानीय आर्थिक गतिविधि बढाउन लक्षित हुने छ । स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाका उत्पादनलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिने छ । ‘धरान एक्स्पो’ मा १६ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]