• माघ १४, २०८०
  • जुनकिरी खबर

सुपर कप खेल्न इटहरीको कराते टोली दुबई प्रस्थान

alt

संयुक्त अरब इमिरेट्स (युएई) मा आइतबार (भोलिबाट) बाट सुरु हुने सुपर कप-२०२४ खेल्न नेपालकाे कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । दुबईमा हुने सुपर कपमा नेपालको प्रतिनिधित्व जनाउन इटहरी कराते एकेडेमीका खेलाडी र प्रशिक्षकको टोली शनिबार बिहान १०:३० बजे प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाली टोली दुबईको सारजाह प्रस्थान गरेको टोलीका प्रशिक्षक हेमा खड्काले जानकारी दिइन् ।

टोलीमा प्रशिक्षक खड्काका साथै व्यवस्थापक सजित कार्की र अरू चार खेलाडी छन् । खेलाडीहरूमा दिपेश कोइराला, सागर राउत, रोजन खड्का र दीपक सरदार रहेका छन् ।

दुबईको सारजाह इन्डिभिजुअल स्पोर्ट्स क्लबको मैदानमा हुने आइतबारबाट सुपर कप खेलाइँदै छ । जसमा नेपाली खेलाडीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्डजस्ता एसियन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् ।

टोली फेब्रुअरी १ मा स्वदेश फर्किने छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]