• माघ १५, २०८०
  • जुनकिरी खबर

प्रदेश सरकारले शरणार्थी हात्ती व्यवस्थापनको अध्ययन गर्ने

alt

 प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस वर्ष हात्ती प्रभावित क्षेत्रमा हात्ती करिडोर निर्माणका लागि अध्ययन गर्ने भएको छ । हात्तीहरुको जैविक मार्गको विस्तृत अध्ययन गरी त्यस क्षेत्रको स्याटेलाइट म्यापिङ गरी हात्ती करिडोर निर्माण गर्ने योजना कार्यान्वयन गर्न लागेको हो ।

चालु वर्षको बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै मन्त्रालयले हात्ती मानव द्वन्द्व न्यूनीकरण गर्न हात्ती करिडोरको अध्ययन गरी त्यसको सीमाना पहिचान गर्ने र उचित व्यवस्थापनका लागि आवश्यक रणनीति तर्जुमा गर्ने छ ।कोशी प्रदेशको झापा जिल्लास्थित जलथल जंगलमा झण्डै १५ वटाको संख्यामा रैथाने हात्तीहरु रहेको र बेलाबेलामा भारतबाट आउने हात्तीले झापा, मोरङ र सुनसरीका जंगल आसपासका बस्तीहरुमा क्षति गर्ने गरेको छ । हात्ती करिडोर निर्माण गरी जैविक मार्गको सुरक्षा गर्ने र वन्यजन्तु मानव द्वन्द्व न्युनीकरण गर्ने उद्देश्यले सरकारले अध्ययन गर्न लागेको हो ।

यससँगै शरणार्थी हात्ती व्यवस्थापन सम्बन्धमा पनि प्रदेश सरकारले अध्ययन गर्ने भएको छ । चालु वर्षको बजेटमा त्यस विषय समावेश भएकोले त्यसलाई कार्यान्वयन गर्न मन्त्रालयले मार्गदर्शन जारी गरेको हो ।

यस्तै मन्त्रालयले हात्ती करिडोर र शरणार्थी हात्ती व्यवस्थापन सम्बन्धी अध्ययन लगायत चालु वर्षमा थप केही नयाँ कार्यक्रमहरु अगाडि बढाउने भएको छ । वन मन्त्रालयले यस वर्ष लिम्बू र थारु जतिले प्रयोग गर्ने वनस्पतिहरुको पहिचान गरी पुस्तक प्रकाशन गर्ने कार्यक्रम पनि कार्यान्वयन गर्ने तयारी गरेको छ । त्यस्ता वनस्पतिहरुको पहिचान गरी अभिलेखन गर्दै संरक्षणका लागि आवश्यक योजना तर्जूमा गर्न महत्वपूर्ण हुने मन्त्रालयका सचिव विशाल घिमिरेले बताए । उनले वन तर्फ मात्र नभएर पर्यटन तर्फ पनि केही नयाँ कार्यक्रमहरु यस पटक कार्यान्वयन गरिने जानकारी दिए ।

यस पटक पर्यटन गुरुयोजना तर्जुमा गर्ने, मेला महोत्सवमा आर्थिक सहयोग गर्ने, हलेसी, वराह क्षेत्र, पाथीभराजस्ता धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि बहुवर्षे योजनाहरु अगाडि बढाउने कार्यक्रम यो वर्ष कार्यान्वयन गर्ने सचिव घिमिरेले जानकारी दिएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]