• माघ १६, २०८०
  • जुनकिरी खबर

गाँजासहित सहायक हवल्दार पक्राउ

alt

भारततर्फ तस्करी हुन लागेको गाँजासहित प्रहरीको सहायक हवल्दार ३६ वर्षीय रविन्द्र चौधरीसहित चार जना पक्राउ परेका छन् । प्रहरी तालिम केन्द्र रानी विराटनगरका सहायक हवल्दार चौधरीसहित विराटनगरका तीनजना युवा सोमबार बिहान विराटनगर–१० तीनटोलियास्थित गुराँस टोलबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चौधरीसहित विराटनगर–१३ सैनिक टोलका २२ वर्षीय राम अवतार साह, विराटनगर–१६ बर्माटोलका २३ वर्षीय राजकुमार मण्डल र २० वर्षीय उमेश राजवंशी छन् ।

उनीहरूमध्ये रामअवतार साहले विराटनगर–१० गुराँस टोलमा एक हप्ताअगाडी मात्रै कोठा भाडामा लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मोरङ प्रहरीका डिएसपी रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेका साहले एकहप्ताअगाडि मात्रै कोठा भाडामा लिएको बताएका हुन् ।

पक्राउ परेका विराटनगरका तीन युवासँगै बारा कोल्बी नगरपालिका–९ स्थित श्रीपुर घर भई प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी सहायक हवल्दार चौधरीको योजनामै कोठा भाडामा लिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूले गाँजा आफ्नो नभएको बताउँदै आएका छन् । डिएसपी दाहालले भने, ‘थप विषय अनुसन्धानपछि खुल्नेछ तर, कोठा भाडामा लिएको एकहप्ता मात्रै भएको बताइएको छ ।’ साहले आफू कन्स्ट्रक्सनको काम गर्ने भएकोले कोठा भाडामा लिएको दाबी गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]