• भदौ ५, २०७६
  • जुनकिरी खबर

संखुवासभामा राष्ट्रिय परिचयपत्रको काम सुरु

alt

जिल्ला प्रशासनले राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु गरेको छ । परिचयपत्रका लागि विवरण संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन् ।

साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो । दोस्रो चरणमा प्रदेश १ का संखुवासभा र झापा विवरण संकलन भइरहेको छ । सदरमुकाममा विवरण संकलन कार्य सुरु भएको एक महिना बितिसक्दा पनि स्थानीय तहमा भने कर्मचारी खटाउन सकेको छैन ।

केन्द्रले असोजपछि मात्र थप कर्मचारी पठाउने भएकाले स्थानीय तहमा काम गर्न ढिलाइ भएको हो । एक महिनामा सदरमुकाम खाँदबारीबाट ३ सय ८७ जनाको विवरण दर्ता भइसकेको जबेगुले जानकारी दिइन् । विवरण संकलन भएको एक/दुई महिनापछि मात्र केन्द्रबाट परिचयपत्र बनेर आउने छ ।


अहिले जिल्ला प्रशासनमा नागरिकता बनाउन आउने सेवाग्राहीको मात्र विवरण संकलन भइरहेको छ । परिचयपत्र विवरण संकलनमा व्यक्तिको नाम, थर, जन्म मिति, लिंग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम, दस औँलाको छाप, नागरिकता नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर आदि आवश्यक पर्छ । परिचयपत्र निर्माणका लागि नागरिकता, विवाह दर्ता, बसाइँसराइको कागजात सक्कल आवश्यक पर्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]