• माघ २२, २०८०
  • जुनकिरी खबर

तरुण दल सुनसरी सामाजिक कार्य र सङ्गठन निर्माणमा उत्कृष्ट

alt

नेपाल तरुण दल सुनसरीले सङ्गठन बिस्तार र सामाजिक सेवाको क्षेत्रमा सर्वोत्कृष्ट कार्य गरेको केन्द्रीय समितिले ठहर गरेको छ । केन्द्रीय समितिले आभार तथा धन्यवाद व्यक्त गर्दै तरुण दल सुनसरीको प्रशंसा गरेको हो ।

केन्द्रीय अध्यक्ष विद्वान गुरुङले मानव सेवा र सामाजिक क्षेत्रका कार्यहरूमा समर्पित तरुण दल सुनसरीले देशभरका तरुण साथीहरूमा उत्प्रेरणा प्रदान गरेको बताएका छन् । कोभिड-१९ को समयमा हजारौँ सर्वसाधारण नागरिकहरूको उद्धार, सेवा र सहयोग देखी आर्थिक एवं सामाजिक रूपमा सहयोग गरेको उनको भनाइ छ ।

केन्द्रीय अध्यक्ष गुरुङले सुनसरी अध्यक्ष सिजन गुरुङलाई पत्र मार्फत प्राकृतिक विपत्तिको समयमा अग्रपङ्क्तिमा रहेर आर्थिक र भौतिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

"समाजसेवाको उत्कृष्ट  कार्यहरूले तरुण दलका लाखौँ  सदस्य साथीहरूलाई उत्साह र हर्षले गौरवान्वित बनाएको छ । जिल्लाका सबै तह र क्षेत्रहरूमा व्यापक सङ्गठन निर्माण गरी नेपाल तरुण दलको इतिहासमा सुनसरी जिल्ला कार्य समितिले आफूलाई अब्बल साबित गरेको छ । साथै लोकतन्त्रको रक्षा र सामाजिक न्यायको लागि नेपाल तरुण दलनै कालान्तरसम्म आवश्यक भएको आम तरुणहरूमा बोध गराउँदै सङ्गठन विस्तारको गतिशीलता भने नेपाल तरुण दल केन्द्रीय समितिको लागि गर्वको विषय बनेको छ," पत्रमा उल्लेख गरिएको छ ।

सङ्गठन विस्तार गर्न तदारुकताका साथ लाग्ने सुनसरीका अध्यक्ष सिजन गुरुङ लगायत जिल्ला कार्यसमितिलाई धन्यवाद व्यक्त गरिएको छ । तरुण दल सुनसरीले हात्ती पीडित महिलाको घर निर्माण देखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]