• माघ २३, २०८०
  • जुनकिरी खबर

हात्ती पीडितका गुनासो सुन्न काँग्रेसले थाल्यो अभियान

alt

हात्ती गाउँ पस्ने डरले रातभर जाग्राम बस्ने इटहरीका हात्ती पीडितका गुनासो सुन्न काँग्रेस नेताहरू टोल टोलमा पुगेका छन् । दैनिक जसो हात्ती गाउँ पसेर घर भत्काउने, बाली खाइदिएर हैरान भएका इटहरीवासीको कुरा सुन्न काँग्रेस नेताहरू गाउँ गाउँमा पुगेका हुन । 

उनीहरूले इटहरीका हात्ती प्रभावित वडाहरू २,३,१९ र २०का गाउँ गाउँमा पुगेर प्रभावितहरूको कुरा सुनेका हुन ।  वडा न. २ को हात्ती चौक, वडा न. ३को खोर्साने खाप, वडा न. १९को हात्ती गौडे र वडा न. २० को बहुभाषी विद्यालयको खेलमैदानमा भेला भएका गाउँलेहरूसँग काँग्रेसका नेताहरूले अन्तर्क्रिया माध्यमबाट गुनासो,दुःख पिडा सुने । भत्किएका घर सहित प्रभावित क्षेत्रमा पुगेर अवलोकन पनि गरे । 
 
हात्ती पीडितका गुनासो सुन्न कोसी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई देखी केन्द्रीय सदस्यद्धय राजीव ढुङ्गाना, प्रदीप सुनुवार,जिल्ला सभापति केदार भण्डारी, इटहरीका नगर सभापति तथा नगर प्रमुख हेमकर्ण पौडेल देखी वडा अध्यक्ष मणिराम श्रेष्ठ सहितका नेताहरू गाउँ गाउँ पुगेका थिए । 
नेपाली काँग्रेस सुनसरी क्षेत्र न. २ क को अगुवाइमा यो कार्यक्रम गरिएको हो ।
 
हात्ती पीडितका गुनासो सुनेपछि आन्तरिक मामिला तथा कानुनमन्त्रीले तत्काल आवश्यक सामाग्रीको व्यवस्थापनका लागि सहजिकरण गर्ने बताए । हात्ती पीडितका समस्या दीर्घकालीन रूपमा समाधानमा प्रदेश सरकारले काम गर्न लागेको उनले जानकारी दिए । 
 
हात्ती पीडितका दुःख, नजिकबाट सुन्न र समस्या समाधान गर्ने निकायसँग समन्वय गर्न कार्यक्रम आयोजना गरिएको सुनसरी क्षेत्र २ क का सभापति सुवेच्छुक देवानले जानकारी दिए । 
 
प्रदेश सरकार र स्थानीय सरकारबाट पीडितका दुःखलाई सम्बोधन गर्न उनीहरूका गुनासो सुनाउने समन्वयको काम गरेको सभापति देवानले बताए ।  हात्ती प्रभावित क्षेत्रका पीडितहरूलाई हात्तीको बारेमा सचेतना तथा जानकारी दिने काम भने मेची नगरपालिका वडा अध्यक्ष अर्जुन कार्कीले गरेका थिए ।  हात्तीका बारेमा जानकार रहेका वडा अध्यक्ष कार्कीले हात्तीबाट बच्ने उपायको बारेमा स्थानियबासीलाई जानकारी दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]