• माघ २३, २०८०
  • जुनकिरी खबर

इटहरीमा पाँच दिने क्यान इन्फोटेक मेला हुने

alt

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले कोशी प्रदेशको इटहरीमा पाँच दिने ‘क्यान इन्फोटेक’ लगाउने भएको छ । आउँदो फागुन १० गतेदेखि १५ गतेसम्म सुनसरी जिल्ला शाखाको आयोजनामा छैठौँ पटक क्यान इन्फोटेक लगाउने भएको हो ।

सूचना प्रविधिको क्षेत्रमा आएका परिवर्तन र प्रविधिमैत्री समाज निर्माण गर्ने उद्देश्यका साथ क्यान इन्फोटेक लगाउने तयारी गरिएको महासङ्घले जनाएको छ । इन्फोटेकमा विश्व बजारमा आइसिटीको क्षेत्रमा आएका नवीनत्  सामग्रीको प्रदर्शनी तथा बिक्रीसमेत गरिने जनाएको छ ।

यसपटक नेपाली सफ्टवेयर कम्पनीले उत्पादन गरेको सफ्टवेयर स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रबर्धन गर्ने उद्देश्यले सफ्टवेयर प्याबिलोन निर्माण गरेको जनाएको छ । उक्त प्याबिलोनको लागि पनि विशेष सहुलियतमा स्टल उपलब्ध गरिएको जनाएको छ । यसक्रममा नेपालमा सूचना प्रविधिमा भएको नवप्रवर्तनको बारेमा पनि जानकारी गराइने भएको महासङ्घका अध्यक्ष सन्देश राईले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]