• माघ २३, २०८०
  • जुनकिरी खबर

इटहरीमा पाँच दिने क्यान इन्फोटेक मेला हुने

alt

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले कोशी प्रदेशको इटहरीमा पाँच दिने ‘क्यान इन्फोटेक’ लगाउने भएको छ । आउँदो फागुन १० गतेदेखि १५ गतेसम्म सुनसरी जिल्ला शाखाको आयोजनामा छैठौँ पटक क्यान इन्फोटेक लगाउने भएको हो ।

सूचना प्रविधिको क्षेत्रमा आएका परिवर्तन र प्रविधिमैत्री समाज निर्माण गर्ने उद्देश्यका साथ क्यान इन्फोटेक लगाउने तयारी गरिएको महासङ्घले जनाएको छ । इन्फोटेकमा विश्व बजारमा आइसिटीको क्षेत्रमा आएका नवीनत्  सामग्रीको प्रदर्शनी तथा बिक्रीसमेत गरिने जनाएको छ ।

यसपटक नेपाली सफ्टवेयर कम्पनीले उत्पादन गरेको सफ्टवेयर स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रबर्धन गर्ने उद्देश्यले सफ्टवेयर प्याबिलोन निर्माण गरेको जनाएको छ । उक्त प्याबिलोनको लागि पनि विशेष सहुलियतमा स्टल उपलब्ध गरिएको जनाएको छ । यसक्रममा नेपालमा सूचना प्रविधिमा भएको नवप्रवर्तनको बारेमा पनि जानकारी गराइने भएको महासङ्घका अध्यक्ष सन्देश राईले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]