• माघ २५, २०८०
  • जुनकिरी खबर

मुख्यमन्त्री कार्कीको अभिव्यक्तिको कर्मचारीद्धारा विरोध

alt

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको अभिव्यक्तिको कर्मचारीहरूले विरोध गरेका छन्  । नेपाल निजामती कर्मचारी सङ्गठनले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मुख्यमन्त्रीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएकोले सबै तहका राष्ट्रसेवक कर्मचारीको शिर निहुरिएको भनिएको छ। 
 
सङ्गठनका अध्यक्ष ओमराज सुवेदी र सचिव शालिग्राम कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा एक शैक्षिक कार्यक्रममा दिनु भएको अभिव्यक्तिले सिङ्गो राष्ट्रसेवक क्षेत्रलाई दुखित बनाएको भनिएको छ। ‘प्रतिस्पर्धामा श्रेष्ठता खोज्ने हामी तमाम राष्ट्रसेवकहरू हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल र श्रेष्ठ साबित गर्न सफल भएर राष्ट्र सेवाका विभिन्न तहमा बसी नागरिकको सेवा प्रदान गरी आएका छौँ, विज्ञप्तिमा भनिएको छ, योग्यता प्रणालीमा विश्वास गर्नेहरू प्रतिको मुख्यमन्त्रीज्यूको कोरा अपरिपक्व हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरूको शिर निहुरिएको छ ।’
 
कडा मेहनत र परिश्रमबाट प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्दै सार्वजनिक प्रशासनको मूल आधार स्तम्भ रहेको खरदार र सुब्बा तहका कर्मचारी राष्ट्रसेवकको उदाहरण दिँदै मुख्यमन्त्रीले व्यक्त गरेको विचार आफैँमा अपरिपक्व उन्मादपूर्ण कोरा अभिव्यक्ति भएको भन्दै निजामती कर्मचारी सङ्गठनले यस्तो नीच भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। 
 
‘कलिला स्कुले बालबालिकालाई अगाडी राखेर मुख्यमन्त्री ज्यूले दिनु भएको यस्तो अभिव्यक्तिले बालबालिकामा कस्तो प्रेरणा मिल्छ होला, अघिल्लो बेन्चमा बसेर मेहनत गर्नेहरू खरदार मात्रै हुन्छन् पछिल्ला बेन्चमा बसेर लखुवागिरी गर्नेहरू मन्त्री, मुख्यमन्त्री बन्छन् भन्ने अभिव्यक्तिmले बालबालिकामा कस्तो सन्देश प्रवाह हुन्छ? कर्मचारी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, राजनीति गर्ने सबै व्यक्ति ब्याक बेन्च भएर लखुवा भै हिड्नेहरु मात्रै हुन ? एउटा खरदार र सुब्बा वा जुनसुकै तहको राष्ट्रसेवक मेहनत साथ लागेमा तपाईँहरू  जस्तो मन्त्री मुख्यमन्त्री बन्न सक्छन्, तर तपाईँहरू यो जुनीमा खरदार, सुब्बा वा अन्य कुनै प्रकारको राष्ट्रसेवक बन्न सक्नुहुन्न ।’  

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]