• भदौ ५, २०७६
  • जुनकिरी खबर

सामग्री अभावमा ९ पुल अलपत्र

alt

मकालुमा खोलिएका दुई क्रसर उद्योग बन्द भएपछि त्यस क्षेत्रमा निर्माणका काम ठप्प छन् । क्रसर उद्योग स्थापनाका लागि मापदण्ड नपुगेको भन्दै गत पुसमा मकालु बरुण राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगायो ।

यहाँ ९ वटा पुल निर्माणका लागि मकालु गाउँपालिका ३ समाटारमा स्काई–कार्की बन्धु जेभी र रौताह–एसएएसले राखेको क्रसर उद्योग बन्द गरिएको हो । क्रसर उद्योग बन्द भएपछि निर्माण कम्पनीले काम ठप्प पारेका छन् ।

सम्झौतामा स्थानीय स्तरमा उत्पादन गरिएको गिटी बालुवा प्रयोग गर्ने उल्लेख गरिएको छ । बाहिरबाट कच्चा पदार्थ ल्याउँदा आर्थिक भार अत्यधिक हुने भएकाले काम गर्न नसकिएको व्यवसायी सन्तोष राईले बताए । स्टिमेटमा गिटी बालुवाको लागत स्थानीय स्तरको राखिएकाले अन्यत्रबाट ल्याउँदा दोब्बर महँगो पर्ने उनले बताए ।
उत्तर दक्षिण कोसी सडक अन्तर्गत अरुण नदीभन्दा माथि याक्रे खोला, नाङ् खोला, चोङ् खोला र जोर खोलामा पुल निर्माण गर्न सुरु गरिएको थियो । १५ करोडमा स्काई–कार्की बन्धु जेभीले ठेक्का लिएको चारवटा पुल २० महिनाभित्र सम्पन्न गर्ने गरी गत असोज १५ मा सम्झौता गरिएको थियो । सबै पुल क्रमागत अन्तर्गतका योजना हुन् ।

उवा खोला, उहाङ् खोला र एकुवा खोलामा पुल निर्माणका लागि रौताह–एसएएस जेभीले १२ करोड लागतमा निर्माणको जिम्मा लिएको थियो । सोही खण्डको ठाडो खोला र उवा खोलामा पक्की पुल निर्माणको जिम्मेवारी रौताह कन्ट्रक्सन प्रालिले पाएको थियो । दुईवटा पुल १५ करोड ७० लाखमा निर्माणगर्नुपर्ने छ ।

आवश्यक कच्चा पदार्थ उत्पादन नहुँदा नौवटा पक्की पुल अलपत्र परेका छन् । पुलहरूको जग खन्न सुरु गर्दा गर्दै क्रसर उद्योग बन्द भएपछि निर्माण कम्पनीहरूले काम रोकेका हुन् । करिब एक वर्षसम्म काम अडिएपछि निर्धारित समयमा काम सम्पन्न नहुने व्यवसायीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]