• माघ २७, २०८०
  • जुनकिरी खबर

चतराधाममा पूर्ण महाकुम्भ चैत्र २७ देखि

alt

वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित चतराधाममा चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि वैशाख शुक्ल अक्षयतृतिया सम्म १ महिना आयोजना हुने पूर्ण महाकुम्भ मेला महोत्सव सञ्चालनका लागि मूल समिति गठन गरिएको छ ।

शुक्रवार नेपाल सरकारले कुम्भ मेला आयोजनाका लागि चयन गरेको सम्पर्क व्यक्ति प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलको उपस्थितिमा आयोजना भएको भेलाले नेपाल राष्ट्रका प्रथम जगदगुरु एवम् कुम्भ मेलाका परिकल्पनाकार वालसन्त मोहनशरण देवाचार्यको अध्यक्षता र वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की सहअध्यक्ष रहेको मूल समिति गठन गरेको हो ।

भेलामा कोशी प्रदेश सरकारका निमित्त सचिव केदारनाथ शर्मा, प्रदेश सभा सदस्य बिजय राई, ममता तामाङ्ग, रोहित कार्की, रमेश बस्नेत, पुर्व सांसद हरिनाथ बस्तोला, जयकुमार राई, नगर प्रमुख रमेश कार्की, प्रदेश मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका तिनै तहका प्रदेश प्रमुखहरू, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख, जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख, वराहक्षेत्र नगरपालिकाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, राजनैतिक दलका प्रतिनिधिहरू, स्थानियवासीहरू, विभिन्न धार्मिक सङ्घ, संस्थाका प्रतिनिधि, पूर्व जनप्रतिनिधि लगायतका उपस्थिति रहेको थियो ।

चैत्र २७ गते देखि १ महिना चतराधाममा आयोजना हुने पूर्ण महाकुम्भ मेला स्थलमा भौतिक संरचना, विशिष्ट व्यक्तिहरूलाई निमन्त्रणा, प्रचारप्रसार, सरसफाइ, खानेपानी लगायत बजेटको व्यवस्थापन, सचिवालय गठन, सहकार्य, समन्वयका लागि लागि पर्ने नेपाल सरकारले कुम्भ मेला आयोजनाका लागि चयन गरेको सम्पर्क व्यक्ति प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलले बताए ।

पूर्ण महाकुम्भ मेलालाई भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय र सहयोगका लागि आग्रह गर्ने बताए । प्रचारप्रसार, निमन्त्रणा, उपसमिति गठन, सरसफाइ लगायतका कामलाई प्राथमिकता दिइने नगर प्रमुख कार्कीले बताए ।

चतराधाममा २०६३/०६४ मा दोस्रो कुम्भ, २०७०/०७१ तेस्रो कुम्भ मेला अर्थात् पूर्ण कुम्भ मेला र २०७५/०७६ सालमा चौथो कुम्भ मेलाको रूपमा अर्ध महाकुम्भ मेला सम्पन्न भइसकेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]