• माघ २८, २०८०
  • जुनकिरी खबर

तरहरा जेसिजको २६औं पदस्थापना कार्यक्रम सम्पन्न

alt

तरहरा जेसिजले एक कार्यक्रमको आयोजना गरि आफनो २६औं पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । तरहरा जेसिजका वर्ष २०२३का अध्यक्ष बहादुर तामाङको अध्यक्षता तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको प्रमुख आथित्यमा २६औं पदस्थापना सम्पन्न गरिएको हो ।

 पदस्थापना कार्यक्रममा वर्ष २०२३का अध्यक्ष बहादुर तामाङले तरहरा जेसिजकी पहिलो महिला अध्यक्ष समेत वन्न सफल वर्ष २०२४की अध्यक्ष रिता भुषाल आचार्यलाई जेसिज चेन सहित पदभार हस्तान्तरण गरे । त्यसै गरी वर्ष २०२४की अध्यक्ष रिता भुषाल आचार्यले वर्ष २०२४को शाखा अधिवेशनबाट चयन भएका तथा मनोनित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शपथ गहण गराएकी थिइन ।

सोही अवसरमा वर्ष २०२३का कार्यसमितिलाई मायाको चिनो  सहित सम्मान गरियो । पदस्थापना कार्यक्रममा प्रथम पुरुष सुनिल भुषाल सहित छिमेकी जेसिजका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वर्ष २०२४का लागि तरहरा जेसिजका कार्यकारी उपाध्यक्ष मदन बस्नेत ,सुरज लामा उपाध्यक्षहरु सुमन रेग्मी , सोनिया बस्नेत ,गोविन्द घिमिरे , किरण शाह महासचिव उत्तम गिरी ,सचिव सञ्जना पण्डित , कानुनी सल्लाहकार सन्तोष पुरी र जनसम्पर्क  अधिकारीमा सुजित  कर्ण रहेका छन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]