• माघ २८, २०८०
  • जुनकिरी खबर

तरहरा जेसिजको २६औं पदस्थापना कार्यक्रम सम्पन्न

alt

तरहरा जेसिजले एक कार्यक्रमको आयोजना गरि आफनो २६औं पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । तरहरा जेसिजका वर्ष २०२३का अध्यक्ष बहादुर तामाङको अध्यक्षता तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको प्रमुख आथित्यमा २६औं पदस्थापना सम्पन्न गरिएको हो ।

 पदस्थापना कार्यक्रममा वर्ष २०२३का अध्यक्ष बहादुर तामाङले तरहरा जेसिजकी पहिलो महिला अध्यक्ष समेत वन्न सफल वर्ष २०२४की अध्यक्ष रिता भुषाल आचार्यलाई जेसिज चेन सहित पदभार हस्तान्तरण गरे । त्यसै गरी वर्ष २०२४की अध्यक्ष रिता भुषाल आचार्यले वर्ष २०२४को शाखा अधिवेशनबाट चयन भएका तथा मनोनित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले शपथ गहण गराएकी थिइन ।

सोही अवसरमा वर्ष २०२३का कार्यसमितिलाई मायाको चिनो  सहित सम्मान गरियो । पदस्थापना कार्यक्रममा प्रथम पुरुष सुनिल भुषाल सहित छिमेकी जेसिजका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वर्ष २०२४का लागि तरहरा जेसिजका कार्यकारी उपाध्यक्ष मदन बस्नेत ,सुरज लामा उपाध्यक्षहरु सुमन रेग्मी , सोनिया बस्नेत ,गोविन्द घिमिरे , किरण शाह महासचिव उत्तम गिरी ,सचिव सञ्जना पण्डित , कानुनी सल्लाहकार सन्तोष पुरी र जनसम्पर्क  अधिकारीमा सुजित  कर्ण रहेका छन ।

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]