• फागुन १, २०८०
  • जुनकिरी खबर

इटहरीमा दोस्रो खाना महोत्सव हुने

alt

इटहरीमा दोस्रो परम्परागत खाना महोत्सव हुने भएको छ । जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरी र होटेल तथा लज व्यवसायी समिति इटहरीको आयोजनामा फागुन १ देखी ११ गतेसम्म महोत्सव गरिने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
 
परम्परागत खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिएकाले महोत्सव गरिन लागिएको आयोजकको दाबी छ ।
 
इटहरी उपमहानगरपालिकाको प्रमुख संरक्षकत्वमा हुन लागेको महोत्सवमा इटहरीको प्रथम नागरिक थारु सहित यस क्षेत्र तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेवारी, धिमाल, राई, लिम्बु, तामाङ, गुरुङ लगायतका जातजातिको खानालाई प्राथमिकता राखिने कार्यक्रम संयोजक उमेश दाहालले जानकारी दिए ।
इटहरी ४ आइतबारेमा एघार दिनसम्म चल्ने महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाई आन्तरिक तथा बाह्य पर्यटक भित्राएर पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने दाहालले बताए ।
 
महोत्सवमा खानाका परिकारसँगै गीत/संगीतको समेत भरपुर मनोरञ्जन लिने व्यवस्था समेत मिलाइएको जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]