• फागुन २, २०८०
  • जुनकिरी खबर

नक्कली नोट बरामद प्रकरण, गिरोहको कनेक्सन खोज्दै प्रहरी

alt

सुनसरी प्रहरीले आइतबार सुनसरीको इनरुवाबाट १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोट बरामदगरेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ । प्रहरी स्रोतले दिएको जानकारी अनुसार नक्कली नोटको धन्दा गर्नेहरु र उनीहरुको कनेक्सनको विषयमा गम्भीर अनुसन्धान सुरु भएको छ ।

प्रहरीले नक्कली नोटसहित भारतको बिहार राज्य सुपौल जिल्ला बीरपुर बस्ने २२ वर्षीया छोटु भन्ने महम्मद शैयद साफी पक्राउ गरेको छ । इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुल नजिकबाट स्कारपियो चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । तर, स्कारपियोमै सवार रहेका अर्का व्यक्ति भने भाग्न सफल भएका छन् ।

प्रहरीले गत असोज महिनामा सुनसरीकै इटहरीबाट १४ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको थियो । २०७९ भदौ २६ गते झापा विर्तामोड नगरपालिका–३ कञ्चनजंघा टोलबाट यातायात कार्यालय जाने–आउने बाटो छेउमा एक महिला ९ हजार रुपैयाँ बराबरको नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेकी थिएन् । पक्राउ पर्ने उनी झापा कन्काइ नगरपालिका १ घर रहेपनि विर्तामोडमा बस्दै आएकी ३० वर्षीया अम्बिका रिमाल हुन् ।

यस्तै प्रहरीले २०७९ असोज २ गते सुनसरीको देवानगञ्ज ४ बाट हरि मेहताले लिएर आएको १ हजार दरका ६ वटा नक्कली नोट पनि बरामद गरेको थियो । प्रहरीले २०८० वैशाख २१ गते १ हजार दरका ६ थान र ५ सय दरका २२ थान नेपाली नक्कली नोट सुनसरीको इटहरीबाट बरामद गरेको थियो । बरामद नोट लिएर आउन सुनसरी गढी गाउँपालिका २ का ३८ वर्षीय महमद जमिल पक्राउ परे । यस्तै प्रहरीले २०७९ फागुन २४ गते उदयपुरको कटारी नगरपालिका १२ बाट ५ सयदरको एउटा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको थियो ।
विगत दुई वर्षमा भएका यी घटनाहरूले नक्कली नोटको धन्दा लामो समयदेखि चलिरहेको देखाउँछ । विगत वर्षहरुमा पनि नक्कली नोट लिएर आउने बाहकहरु पक्राउ नपरेका होइनन् । तर, अहिलेसम्म नक्कली नोटको संगठित ढंगले कारोबारको धन्दा चलाउने गिरोहको जालो तोड्न भने प्रहरीले सकेको छैन ।

प्रहरीका अनुसार गत आइतबार सुनसरीको इनरुवामा बरामद भएको नक्कली नोटको परिणाम अहिलेसम्मकै ठूलो हो । यसको कनेक्सन खोजिरहेको प्रहरी अधिकारीहरु नै बताउँछन् । ‘भारतीय मानिसहरु पनि संलग्न भएको कारण नक्कली नोटको कारोबारमा अन्तराष्ट्रिय कनेक्सन रहेको भन्नेलाई अप्ठ्यारो भएन,’ एक सुरक्षा अधिकारीले भने ।

अहिले पनि प्रहरी अनुसन्धान र खोजीमा लागिरहेको उनले बताए । ‘अरु केही कुरा दुई चार दिनमा सार्वजनिक हुन्छ । केही मानिसहरुको पहिचान भइसकेको छ । उनीहरुलाई हामी खोजी गरिरहेका छौं,’ उनले भने । नक्कली नोटको कारोबार विगत ५ वर्षयता जारी रहेको प्रहरी स्रोत बताउँछ । सुनसरी प्रहरीका प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी अनुसन्धानबाट सबै कुरा खुल्ने बताउँछन् । ‘अहिले विस्तृतमा अनुसन्धान सुरु गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको पाइएको छ,’ उनले भने ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्रकुबेर खापुङले पनि अनुसन्धान गम्भीर ढंगले गरिरहेको बताए । ‘नक्कली नोटको विषयमा हामी गम्भीरतापूर्वक गहिराइमा पुगेर अनुसन्धान गरिरहेका छौं । केही समय पछाडि हामी डिटेल जानकारी गराउँला,’ उनले भने, ‘केही अरू मानिसको पनि संलग्नता देखिएको छ । हामी फलो गरिरहेका छौं । प्रदेशको टोली र हेडक्वाटरको टोलीसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौं । यो गम्भीर खालको इस्यु छ ।’ नक्कली नोटमा एनआइसि एसिया बैंकको स्टिकर लागेको थियो । उक्त स्टिकर लागेकै आधारमा बैंकको संलग्नता नहुने खापुङले बताए । ‘बैंकको संलग्नता नै चाहिं देखिएको छैन,’ उनले भने । नक्कली नोटको कारोबारीबारे विगत देखि नै अनुसन्धानको रूपमा रहेको केस हो । अब पनि प्रहरीले अनुसन्धान गरेर नक्कली नोट कारोबारीको जरोसम्म नपुगे उसको विश्वसनियतामा प्रश्न उठ्ने देखिन्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]