इटहरीमा जारी परम्परागत खाना महोत्सवमा बिहिबार टिका प्रसाईको प्रस्तुति रहने छ । तिमी भन्छौ भने’, ‘नाइँ मलाई थाहा छैन’, ‘तिमी मलाई मन पर्छ’, ‘चट्ट सलाम’ ‘सेल्फिको जमाना जस्ता थुप्रै हिट गीतहरु गएकी प्रसाईकोे पछिल्लो गित ‘माया लुकी लुकी’ चर्चित छ ।
साझ ५ बजेदेखि शुरु हुने सांगितिक कार्यक्रममा प्रसाई सगै स्थानिय डान्स सेन्टरको समेत प्रस्तुति रहनेछ । जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा फागुन ११ गतेसम्म महोत्सव चल्नेछ । परम्परागत खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिएकाले महोत्सव आयोजना गरिएको आयोजकको दाबी छ ।
महोत्सवमा बालबालिकाहरुको रमाइलोको लागि बालउध्यान समेत रहेको छ ।
Copyright © 2019 / 2025 - Junkirikhabar.com All rights reserved