• फागुन ११, २०८०
  • जुनकिरी खबर

बुढासुब्बा गोल्डकप फागुन २६ देखि हुने

alt

मोफसलकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औँ संस्करण फागुन २६ गतेदेखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो ।
 
प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब सहित ८ वटा क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगितामा थ्री स्टार क्लब, न्यूरोड टिम एनआरटी, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, जिल्ला फुटबल संघ मोरङ, आयोजक धरान फुटबल क्लब र भारतको युके एफसिको सहभागिता रहने आयोजकले जनाएको छ ।
 
प्रतियोगिताको विजेताले ट्रफी सहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, र बिधागतरुपमा उत्कृष्ट हुनेले जनही नगद २५ हजार पाउनेछन् । सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने अध्यक्ष तामाङले जानकारी दिए ।
 
धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगितामा कूल ७७ लाख ६० हजार आम्दानी हुने र ६६ लाख ५५ हजार खर्च हुने आयोजकले जनाएको छ । आर्थिक मन्दीका कारण यस पटक मुनाफा रहित गोल्डकप हुने क्लबका निबर्तमान अध्यक्ष किशोर राईले बताए । आर्थिक मन्दी र मदिराजन्य उत्पादनले प्रायोजन गर्न नपाउने सरकारको नीतिले प्रतियोगिता आयोजनामा ठुलो असर पुगेको भन्दै यो नीति पुनर्विचार गर्नुपर्ने क्लबको माग ।
 
प्रतियोगितालाई मितव्ययी बनाउँदै आर्थिक पारदर्शिता कायम गर्न प्रतियोगिता सकिएको एक महिनामै आयव्यय सार्वजनिक गर्ने पनि क्लबले प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]