• फागुन १२, २०८०
  • जुनकिरी खबर

जुत्ता महोत्सवमा स्थानीय व्यापारीको अवरोध

alt

पहिलो पटक हुन लागेको जुत्ता-चप्पल व्यापार महोत्सवमा इटहरी उद्योग वाणिज्य संघले अवरोध गरेको छ । महोत्सवले स्थानीय व्यापारीलाई असर पर्ने भन्दै महोत्सव गर्न नदिने अडान इटहरी उद्योग वाणिज्य संघले राखेपछि शुक्रवार हुने भनिएको उद्घाटन कार्यक्रममा स्थगित गरेको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ फागुन ११ गते देखि चैत २५ गतेसम्म ३५ दिनका लागि महोत्सव चल्ने बताइएको थियो । 

उद्घाटन कार्यक्रमका लागि इटहरी उपमहानगरका प्रमुख हेमकणर् पौडेलले समय दिइसकेको अवस्थामा स्थानीय व्यापारीले विरोध गरेपछि उद्घाटन हुन नसकेको आयोजक समितिका अध्यक्ष एवंम नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नानीराज घिमिरेले बताए । शुक्रवार दिउँसो उद्योग वाणिज्य संघ इटहरीको भवनमा भएको छलफलमा महोत्सव कुनै पनि हालतमा गर्न नदिने अडान स्थानीय व्यापारीले राखेको घिमिरेले जानकारी दिए ।

यही अडानको आडमा इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले महोत्सव स्थगित गर्न आग्रह गरेको घिमिरेको भनाई छ । यद्यपि के कसरी अघि बढ्ने भन्ने विषयमा पछि पुन छलफल गर्ने आश्वासन पराजुलीले दिएको घिमिरेले बताए । 

उद्योग वाणिज्य संघको छलफलपछि स्थानीय व्यवसायी इटहरी उपमहानगरपालिकाका नगरप्रमुख समक्ष पुगेका थिए । नगरप्रमुख पौडेललाई स्थानीय व्यापारीले गुनासो राखेपछि शुक्रवार हुने उद्घाटन कार्यक्रम स्थगित गर्न पौडेलले आग्रह गरेको घिमिरेले जानकारी दिए । उनले उद्घाटन कार्यक्रम मात्र स्थगित भएको तर महोत्सव स्थगित नभएको प्रस्ट पारे । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]