• फागुन १३, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेश बन्दको सट्टा १४ जिल्लामा विरोध सभा

alt

'कोशी प्रदेश' नाम खारेज, प्रदेश १ को पूनःनामांकन संयुक्त सङ्घर्ष समितिले आन्दोलनको स्वरूप परिवर्तन गरेको छ ।

यसअघि फागुन १७ गते ‘कालो दिन’ भन्दै प्रदेश बन्दको आव्हान गरिएको थियो । बन्दको आव्हान स्थगन गरी उक्त दिनलाई ‘अँध्यारो दिन’ भनी प्रदेशको १४ जिल्लामा विरोध सभा गर्ने भएको छ ।फागुन १७ गते प्रदेश सभाले प्रदेश नं १ लाई ‘कोशी’ नामकरण गरेको दिन हो । उक्त नामाङ्कनको विरोधमा पहिचान सहितको नामकरण माग गर्दै आन्दोलन सुरु भएको १ वर्ष पुगेको सन्देश दिन सङ्घर्ष समितिले प्रदेश बन्दको आव्हान गरेको थियो ।

सङ्घर्ष समितिको प्रमुख घटक किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले भनिन् ‘कोशी नाम खारेजीको विषयमा प्रदेश सरकारसँग वार्ता चलिरहेकोले आन्दोलनको स्वरूप फेरिएको हो ।’

प्रदेश सरकारले वार्ताको क्रममा फागुन भरीमा आन्दोलनमा घाइते भएकाहरूलाई उपचार र उपचार खर्च दिने सहमति गरेको छ । प्रहरीले लगाएको झुट्टा मुद्दा प्रदेश सरकारले फिर्ता लिन सम्झौता गरेको छ ।

उक्त सहमति इमानदारी पूर्वक कार्यान्वयन गर्न प्रदेश सरकारलाई फागुन भर समय दिइएको महासचिव तुम्बापोले बताइन् । उनले भनिन् ‘बन्दमा मुठभेड हुनसक्छ, त्यसले वार्ता बिथोलिन सक्छ ।’

प्रदेश सरकार र संयुक्त सङ्घर्ष समितिको वार्ता टोली बिच गत माघ २६ गते भएको वार्तामा पुनः नामकरणमा सहमति हुने राजनीतिक वातावरण बनाउने तथा राजनीतिक गतिविधिमा अवरोध नगर्ने सहमति भएको थियो ।

पछिल्लो पटक फागुन ९ गते भएको दोस्रो पटकको वार्तामा आन्दोलनकारी पक्षले पहिलो वार्तामा प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गर्न जोड दिएको थियो ।

आन्दोलनमा घाइते भएकाहरूलाई उपचार र उपचार खर्च दिने विभिन्न अदालत, प्रशासनमा प्रहरीले लगाएको झुट्टा मुद्दा प्रदेश सरकारले फिर्ता लिन सम्झौता फागुन मसान्त भित्र कार्यान्वयन गर्ने निर्णय उक्त वार्तामा भएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]