• फागुन १४, २०८०
  • जुनकिरी खबर

सीमा नाकाबाट १७४ जनाको उद्धार

alt

मानव बेचबिखनविरुद्धका क्षेत्रमा काम गर्दै आइरहेको माइती नेपालले एक वर्षमा नेपाल–भारत सीमा नाकाबाट झण्डै दुई सयजना महिला तथा बालबालिकाहरूको उद्धार गरेको छ ।

विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको अवस्थामा नेपाल–भारत मोरङको सीमा नाकाबाट सन् २०२३ देखि सन् २०२४ फेबु्रअरीसम्म १ सय ७४ जनालाई उद्धार गरेको हो । माइती नेपालले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी उद्धार गरिएकामध्ये सबैभन्दा बढी मोरङका रहेको जानकारी गराएको छ । भारत जाने क्रममा नाकाबाट मोरङलगायत २२ वटै जिल्लाका महिला, युवती तथा बालिकाहरूलाई बेचबिखन हुनबाट जोगाएको  माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिए ।

कुन जिल्लाबाट कति भए उद्धार ?

मोरङबाट ५४ जना उद्धार गरिएको पोखरेलले जानकारी दिए । उद्धार गरिएका ५४ मध्ये विराटनगरका ११ जना रहेका छन् । बेलबारीका ६, सुन्दरहरैंचाका ८, रङ्गेलीका ६, रतुवामाईका ६, सुनवर्षीका ३, पथरीशनिश्चरेका १, उर्लाबारी नगरपालिकाका २, धनपालथानका ३, ग्रामथानका २, कानेपोखरीका २, कटहरीका २ र बूढीगङ्गा गाउँपालिकाका १ जनाको उद्धार गरिएको माइती नेपालको अभिलेखमा देखिन्छ ।

यसैगरी कोशी प्रदेशको १४ वटा जिल्लाबाट मात्र १ सय ६३ जनाको सीमा नाकाबाट उद्धार गरिएको पोखरेलले बताए । सुनसरीका ३४, झापाका १७, उदयपुरका १०, सङ्खुवासभा ६, सप्तरी ८, तेह्रथुम ६, भोजपुर ११, इलाम ६, खोटाङ ५, सिन्धुली र पाँचथरका १–१ जनाको उद्धार गरेको तथ्याङ्कमा देखिन्छ । यस्तै सिरहाका ४, ताप्लेजुङका २, धनुकटाका २, म्याग्दी, कैलाली, काभ्रे, रौतहट, रूपन्देही, धनुषा र ओखलढुङ्गाका १५ जनाको उद्धार गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]