• फागुन १६, २०८०
  • जुनकिरी खबर

इटहरीमा केपी ओलीले भने : बजेटको लागि मलाई सम्झनुहोस् !

alt

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निर्वाचन क्षेत्रमा मात्रै विकास योजना खन्याएको भन्ने आरोपको खण्डन गरेका छन् । बुधवार इटहरी उपमहानगरपालिका ४ मा नवनिर्मित कचना बुढिगंगा महादेव माध्यमिक विद्यालयको भवन उद्घाटन गर्दै अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै नभएर देशभर नै पूर्वाधार विकासका योजना पुर्‍याएको दाबी गरेका छन् ।  ओलीले योजनामा राख्न र बजेट पार्नका लागि आफूलाई सम्झनुपर्ने बताएका छन् ।
 
‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’
 
अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्र बजेट खन्याएको भनेर आफ्नो आलोचना हुने गरेको भन्दै आफूले देशभर शिक्षा, स्वास्थ्य र पूर्वाधारका योजना सुरु गरेको बताए ।
आफू प्रधानमन्त्री हुँदा धेरै योजनाहरू अघि बढाएको तर अहिलेको सरकारले कटौती गरेको आरोप लगाए ।
 
नवनिर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सबैका लागि गुणस्तरीय शिक्षा पुर्‍याउनु नै आफ्नो उद्देश्य भएको बताए । उनले पूर्वाधार विकास मात्रै नभएर शिक्षक र विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । 
 
 
नेपाल सरकारको विशेष अनुदान कार्यक्रम अन्तर्गत झन्डै साढे ९ करोडको लागतमा ३ तले सुविधा सम्पन्न भवन निर्माण भएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]