• फागुन १७, २०८०
  • जुनकिरी खबर

इटहरीमा इलेक्ट्रोनिक शव दाहसंस्कार स्थल बन्दै

alt

इटहरी उप महानगरको साझेदारीमा इलेकट्रोनिक दाहसंस्कार स्थल बन्ने भएको छ  । इटहरी उप महानगरको ३० प्रतिशत र प्रदेश सरकारको ७० प्रतिशत लगानीमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरिको सम्झौता भएको छ । इटहरी उप महानगरपालिका अन्तरगत  बुढी जमुना मुक्त घाटमा  विद्युतीय दाहसंस्कार स्थल निर्माणका लागि सम्झौता भएको इटहरी उप महानगरपालिकाले जनाएको छ । 

कोशी प्रदेशका वन,पर्यटन तथा वातावरण मन्त्री गणेश प्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितमा इटहरी ४ मा रहेको बुढी जमुना मुक्ति घाट इटहरीको किनारमा यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने विषयमा लागत साझेदारीको सम्झौता भएको हो । 

दाहसंस्कारका लागि दाउरा खरिद गर्न विपन्न तथा गरिबहरूलाई महँगो पर्ने र समय पनि धेरै लाग्ने भए पछि इलेक्ट्रिक दाहसंस्कार स्थल बनाउन लागेको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । दाउराले जलाउँदा दुई तीन घण्टा लाग्ने भए पनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लास जलिसक्नेछ ।

३ करोड ५० लाखको लागतमा इलेकट्रोनिक दाहसस्कारस्थल बन्ने छ।  कोशी प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने लागत समझदारी भएको मन्त्री गणेश उप्रेतीले बताए ।

उनले प्रदेशमै पहिलो पटक इलेकट्रोनिक शव दाहसंस्कार स्थल बनाउन आफूले पहल गरेको बताए । पहल स्वरूप सम्झौता पनि भएको र यसै आर्थिक वर्षमा काम सम्पन्न हुने जानकारी दिए । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]