• फागुन १७, २०८०
  • जुनकिरी खबर

किवानिस क्लवद्धारा विद्यार्थीहरुका लागि दन्त शिविर आयोजना

alt

वालवालिकाहरुलाई लक्षित गरि किवानिस क्लव अफ इटहरीले दुई वटा विद्यालयका विद्यार्थीहरुका लागि दन्त शिविर आयोजना गरेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ८मा रहेको सरस्वती सतन माध्यमिक विद्यालय र सेतो गुराँस आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि किवानिस क्लव अफ इटहरीले दन्त शिविर आयोजना गरेको हो । खास गरेर साना वालवालिकालाई लक्षित गरी दन्त शिविर सहित दन्त सुरक्षाका लागि तुथपेष्ट र ब्रस वितरण कार्यक्रम राखिएको किवानिस क्लव अफ इटहरीकी अध्यक्ष मनिता तामाङले वताइन ।

अध्यक्ष तामाङले पछिल्लो समयमा वालवालिकाहरुमा मोवाइलका कारण आँखा र जङफुडका कारण दातमा समस्या हुने गरेको तर्फ मध्यनजर गर्दै दन्त शिविर राखिएको जानकारी गराइन ।

दन्त शिविरमा मनकामना डेन्टल क्लिनीक एण्ड अर्थोडोन्टिक केयर इटहरीले प्राविधिक सहयोग पुर्याएको थियो । शिविरमा २ सय १५ जना विद्यार्थीहरुले सेवा लिएका थिए । शिविरमा दन्त परिक्षणका लागि आएका वालवालिकाहरुलाई दाँतको सुरक्षाका विषयमा सहजिकरण सहित तुथपेष्ट र ब्रस वितरण गरियो ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]