• फागुन २०, २०८०
  • जुनकिरी खबर

इटहरीमा बाँदर आतङ्कः

alt

कोशी प्रदेशको पहाडी भेगहरूमा बाँदर आतङ्कले बसाइ सर्ने क्रम बढ्दो छ । बाँदर नियन्त्रणका लागि भोजपुरमा स्थानीयले प्रहरी प्रशासन नै गुहार्नुपरेको अवस्था छ ।

अझ पोखरा महानगरपालिका–१९ का वडाध्यक्षले त रुख काट्ने अभियान नै चलाए । तर, सुनसरीको इटहरीमा भने बाँदर धपाउनेभन्दा पनि त्यसको संरक्षण गर्नेतर्फ स्थानीयहरू लागिपरेका छन् । इटहरी–३ तालतलैया र खोर्साने खाप आसपास अहिले बाँदर आतङ्क बढ्दो छ । घरमा राखिएको अन्न, खानेकुरा सबै बाँदरले खाएर नष्ट गर्ने गरेको छ । अझ साना केटाकेटीलाई त झम्टिने, चिथोर्नेसमेत गरेको स्थानीयहरू बताउँछन् । 

स्थानीयले बजारबाट गुलेली किनेर ल्याई बाँदर नै मार्ने योजना पनि बनाए तर, त्यो योजना पनि लागू गरेनन् । बाँदर आतङ्कले सीमा नाघेपछि स्थानीयले प्रहरी प्रशासन र वडा कार्यालयसँग सहयोग मागेको इटहरी–३ का स्थानीय मणिकुमार चाम्लिङ बताउँछन् ।

इटहरी–३ का वडाध्यक्ष उमेश सुवेदीका अनुसार बाँदर धपाउने योजना लिएर गाउँ जाँदा स्थानीय आफैले धपाउनेभन्दा संरक्षण गर्ने उपाय निकाल्न सुझाव दिएको बताउँछन् । वनजङ्गल मासिएर आहारा नपाएपछि दैनिक ६० वटाभन्दा बढीको सङ्ख्यामा बाँदरहरू गाउँ पसेको स्थानीय बताउँछन् । बाँदरले स्थानीय तुला राई, मणि राई, शकुन्तला देवी, कोपिला घिमिरे, मानुषी राई, सन्ध्या श्रेष्ठ, मनोज गुरुङ, तरुण राईलगायतको घरमा बढी क्षति पु¥याएको पाइएको छ ।

पाकेको खाना खाइदिने, अन्न नष्ट गर्ने, भौतिक सामग्री क्षतविक्षत बनाउने, फर्निचर बिगार्नेदेखि थाल, बटुको नै बोकेर कुद्नेजस्ता प्रवृत्ति बढेपछि स्थानीय हैरान बनेका छन् । यता जङ्गलबाट आएको बाँदरलाई जङ्गलमै रोक्न वडा कार्यालयले शनिबार फलफूलको बिरुवा रोपेको छ । पहिलो चरणमा सय वटा फलफूलको बिरुवा रोपेको र यो अभियान वर्षैभरि चलाइने इटहरी–३ का वडाध्यक्ष सुवेदीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]