• भदौ ६, २०७६
  • जुनकिरी खबर

मोरङमा घटेन दुर्घटना, राजस्व बर्षेनी बढ्दै

alt

विराटनगर । पछिल्लो तीन वर्षमा सवारी दुर्घटनामा परी मोरङ जिल्लामा ३१८ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका तीन वर्षको अवधीमा एक हजार ४ सय २१ हुँदा ३१८ जनाको मृत्यु भएको हो ।

तीन वर्षको सवारी दुर्घटनामा परी दुर्घटनामा दुई हजार पाँचसय ७ जना घाइते भएका छन् । सोही अवधीमा एक लाख ५३ हजार ८३२ सवारी साधानमाथिको कारबाहीबाट ८ करोड ८४ लाख ७६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा सवारी कारवाही र राजस्व संकलन बढ्दो क्रममा छ । तर दुर्घटना न्यूनिकरण भएको छैन ।

सडकको अवस्था र सचेतना अभावका कारण दुर्घटना न्यूनिकरण गर्न कठिन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेल बताउँछन् । ग्रामिण स्तरमा ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको बताउँदै उनले क्रमिक रुपमा दुर्घटनामा कमी आउने बताए ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्ष ६५ हजार १ सय ३३ कारवाही गर्दा तीन करोड ८४ लाख ६९ हजार राजश्व सकंलन गरेको थियो । गत वर्ष ४८४ दुर्घटना हुँदा १०५ जनाको मृत्यु भएको थियो भने ८५४ घाइते भएका थिए ।

आर्थिक वर्ष २०७४–७५ मा ५४ हजार ८१६ सवारीसाधन कारवाहीमा गरेको थियो । कारवाहीबाट तीन करोड ४१ हजार रुपैयाँ राजश्व सकंलन भएको थियो । सो अवधीमा ५०३ सवारी दुर्घटना हुँदा १०९ को मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७३–७४ मा ३३ हजार ८८३ सवारी साधान कारवाही गर्दा एक करोड ९९ लाख ६६ हजार राजस्व संकलन भएको थियो । एक वर्षको अवधीमा ४३४ दुर्घटना हुँदा १०४ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]