• फागुन २७, २०८०
  • जुनकिरी खबर

इटहरीमा शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र प्रस्तुत

alt

इटहरी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८१ देखी शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र प्रस्तुत गरेको छ । आफ्नो क्षेत्र भित्रका विद्यालयहरूको गुणस्तर सुधारका लागि उपमहानगरले सङ्कल्प पत्र सार्वजनिक गर्दै कडाइका साथ कार्यान्वयन गर्ने महानगरले प्रतिबद्धता जनाएको छ । उप महानगरले आफूले सार्वजनिक गरेको सङ्कल्प पत्र कडाइका साथ कार्यान्वयन गर्ने भएकाले सहयोगका लागि सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ । 
 
इटहरीका मेयर हेम कर्ण पौडेलले बृहत् शैक्षिक अन्तरक्रिया गर्दै सङ्कल्प पत्र कार्यान्वयन गर्न सहयोगको आग्रह गरे ।  विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न यी सङ्कल्प प्रस्तावहरूले आमूल परिवर्तन ल्याउने उपमहानगरले दाबी पनि गरेको छ । सङ्कल्प पत्रमा उल्लेखित योजना तथा कार्यक्रमहरूलाई अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउने पनि उपमहानगरपालिकाले दाबी गरेको छ । 
 
के छ सङ्कल्प पत्रमा ? 
 
इटहरी उप महानगरका जनप्रतिनीधिहरुले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा छोरा छोरी पढाउनु पर्ने नीति लिएको छ । जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोरा छोरी नपढाएसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर नसुध्रने भएकाले छोरा छोरी सामुदायिक विद्यालयमा पढाउने सङ्कल्प उप महानगरले गरेको छ । 
 
इटहरी उप महानगरमा ३६ वटा सामुदायिक विद्यालय छन् । ती विद्यालयमा जनप्रतिनिधिका छोरा छोरी सहित कर्मचारीका छोरा छोरी पनि सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति उप महानगरले लिएको छ । 
 
यस्तै उप– महानगर अन्तरगतका शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले समेत छोरा छोरी सामुदायिक विद्यालयमा पढाउने सङ्कल्प लिएको छ । 
 
शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूले आफ्ना छोराछोरी कक्षा १० सम्म सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्ने भएको छ । 
आगामी शैक्षिक सत्रबाट नै यो व्यवस्थालाई कार्यान्वयनमा ल्याउने उपमहानगरले जनाएको छ। 
 
महानगरका उप मेयर हेम कर्ण पौडेलले यसै शैक्षिक सत्रबाट आप्mना सन्तान सामुदायिक विद्यालयमा पढाउने बताए । उनले भने,‘म आफै सामुदायिक विद्यालयमा सन्तान भर्ना गर्छु । मैले आफै भर्ना गरेपछि अरूले पनि भर्ना गर्नु हुन्छ भन्ने अपेक्षा छ । ’
 
जनप्रतिनीधिरुहरुले सामुदायिक विद्यालयमा आफ्ना सन्तान भर्ना गरे कर्मचारी र व्यवस्थापन समितिले पनि आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमै भर्ना गर्ने मेयर पौडेलले बताए। 
 
यसै गरी इटहरी उप महानगरले शैक्षिक सत्र २०८१ बाट ठुला विद्यालय स्थापना गर्ने उपमहानगरको सङ्कल्प पत्रमा उल्लेख छ ।  विद्यार्थी शिक्षक अनुपात, भौगोलिक सेवा क्षेत्र न्यून भएका दुई वा सोभन्दा बढी विद्यालयलाई विद्यालय नक्साङन गरी ठुला विद्यालय स्थापना गरिनेछ । 
 
राम्रो भएको विद्यालयलाई विग विद्यालय मान्दै वरी परि रहेका विद्यालयहरूको पनि शैक्षिक र भौतिक अवस्थामा सुधार गर्ने मेयर हेम कर्ण पौडेलले बताए । 
उनले भने विद्यालयको पूर्वाधार विकासले मात्रै विद्यालय सुधार हुँदैन । समग्र विद्यालयको सुधारका लागि विग स्कुलको अवधारणा लिइएको हो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]