• फागुन २७, २०८०
  • जुनकिरी खबर

इटहरीमा ललितकला प्रदर्शनी फागुन २९ गते देखि

alt

ललितकला अन्तरग पर्ने चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वस्तुकलाका साथै अन्य सृजनात्मक कलाका विद्या समेटेर सुनसरीको इटहरीमा  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौको आयोजनामा प्रथम कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी २०८० हुने भएको छ ।

 कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनीका विषयमा पत्रकार गरी यही फागुन २९ गतेबाट प्रदर्शनी सञ्चालन गरिने जानकारी गराइएको हो । इटहरी उपमहानगरपालिकाको सहकार्य तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नम्बर  ४ मा रहेको कृति, प्रकृति र संस्कृतिको केन्द्रका रुपमा विकसीत  बन्दै आएको रमणीय स्थान  इटहरी मेट्रिक्समा यही फागुन  २९ गते देखि आगामी चैत्र ३ गते सम्म प्रदर्शनी सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

 विभिन्न ९वटा विद्या प्रदर्शनीमा समावेश गरिने साथै प्रदर्शनीको तयारी पुरा भएको प्रर्दशनीका सह संयोजक तथा इटहरी मेट्रिक्सका अध्यक्ष विक्रम श्री ले जानकारी दिए ।   

 प्रदर्शनीमा ललितकलाका विधाहरु अन्तर्गत चित्रकला, मूर्तिकला, लोककला, हस्तकलाका अलावा वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ  छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, कार्टुन कला, क्यारिकेचर, पोष्टर र डिजिटल कला समेत समावेश गरिने साथै  प्रतिष्ठानले टाटुलाई पनि कलाको मान्यता दिएको समेत सो अवसरमा जनाइयो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]