• फागुन २७, २०८०
  • जुनकिरी खबर

इटहरीमा ललितकला प्रदर्शनी फागुन २९ गते देखि

alt

ललितकला अन्तरग पर्ने चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वस्तुकलाका साथै अन्य सृजनात्मक कलाका विद्या समेटेर सुनसरीको इटहरीमा  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौको आयोजनामा प्रथम कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनी २०८० हुने भएको छ ।

 कोशी प्रदेश स्तरीय ललितकला प्रदर्शनीका विषयमा पत्रकार गरी यही फागुन २९ गतेबाट प्रदर्शनी सञ्चालन गरिने जानकारी गराइएको हो । इटहरी उपमहानगरपालिकाको सहकार्य तथा इटहरी मेट्रिक्सको स्थानीय व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नम्बर  ४ मा रहेको कृति, प्रकृति र संस्कृतिको केन्द्रका रुपमा विकसीत  बन्दै आएको रमणीय स्थान  इटहरी मेट्रिक्समा यही फागुन  २९ गते देखि आगामी चैत्र ३ गते सम्म प्रदर्शनी सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

 विभिन्न ९वटा विद्या प्रदर्शनीमा समावेश गरिने साथै प्रदर्शनीको तयारी पुरा भएको प्रर्दशनीका सह संयोजक तथा इटहरी मेट्रिक्सका अध्यक्ष विक्रम श्री ले जानकारी दिए ।   

 प्रदर्शनीमा ललितकलाका विधाहरु अन्तर्गत चित्रकला, मूर्तिकला, लोककला, हस्तकलाका अलावा वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फ  छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, कार्टुन कला, क्यारिकेचर, पोष्टर र डिजिटल कला समेत समावेश गरिने साथै  प्रतिष्ठानले टाटुलाई पनि कलाको मान्यता दिएको समेत सो अवसरमा जनाइयो । 

सम्बन्धित समाचारहरु
ओलीको गृहनगरमा बाले ...

झापा । काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले फाग ...

सुनसरीको भोक्राहनरसि ...

सुनसरीको भोक्राहनरसिंह गाउँपालिका–स्थित फुलचोकमा बिहीबार बिहान ट्रक दुर्घटना हुँदा ५ जनाको मृत ...

पेट्रोल छर्किँदा हि ...

इटहरीका लालबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेर ७ दिनको म्याद थप गरेको छ । एनआइसी एसिया बैङ्क लिमिटे ...

दोस्रो तरहरा गोल्डकप ...

इटहरी । दोस्रो तरहरा गोल्डकपको दोस्रो खेलमा पानबारी फुटबल क्लब धरान विजयी भएको छ । बेलका यूथ क्लब उद ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]