• भदौ ६, २०७६
  • जुनकिरी खबर

राधाकृष्णको अमर प्रेम : राधाको मृत्युपछि कृष्णले किन फुटाए बाँसुरी ?

alt

भगवान् श्रीकृष्णको राधासँगको प्रेमको चर्चा आम हिन्दू समाजमा अहिले पनि महत्वका साथ हुँदै आएको छ । त्यो गहिरो प्रेम जुन विवाहमा भने परिणत हुन सकेन तर राधाको मृत्यु पछि भगवान श्री कृष्णले आफ्नो प्रिय वासुरी यसरी तोडे, जुन दोहोरिएर उनको मन र मुटुबाट त्यसपछि कहिल्यै पनि गुञ्जिएन ।

आज श्रीकृष्ण जन्माष्टमी पर्व, हरेक कृष्ण मन्दिरहरुमा तीर्थालुहरु धुमधामका साथ भगवान श्रीकृष्णको विभिन्न रुपको पूजा-आराधना गरिरहेका छन् । तर कृष्णको पूजा गर्दा राधाको नाम नलिँदा अर्थात् उनको पनि पूजा नगरिँदा कृष्णको पूजा-आराधना अपुरो मान्ने गरिन्छ । तर कृष्णको पूजा गर्दा उनीसंगै वैवाहिक बन्धनमा बाँधिएका रुक्मिणी र सत्यभामाको भने पूजा गर्ने चलन छैन ।

अचम्म थप यो छ कि कृष्णको पूजा गर्दा राधाको नाम नै अगाडि लिने गरिन्छ । कृष्णको नाममा बनेका अधिकांश मन्दिरलाई पनि राधाकृष्ण नामले नै सम्बोधन गर्ने पनि गरिन्छ ।

बालगोपालको बाल्यकालको अधिकांश समय राधासंग नै बित्यो । उनीहरु बाल्यकालका हरेक कृयाकलापमा कहिल्यै पनि छुटेनन् । कृष्णले जति बाँसुरी बजाए, बाल्यकालमा त्यो सबै राधामा समर्पित थियो । राधाकृष्णको यही उमेरदेखि आरम्भ भएको प्रेम अन्तसम्म कायम रह्यो, जुन आज पनि संसारका लागि एउटा सन्देश बनेर जीवन्त छ ।

तर यति सबै हुँदाहुँदै पनि अचम्मको पक्ष यी दुबै एक भने कहिल्यै भएनन् अर्थात यी दुई जोडीको विवाह भने हुन सकेन ।

किन राधा र कृष्णको नाम सँगै लिइन्छ ? 

जब संसारमा प्रेम र त्यागको कुरा उठ्छ, तब श्रीकृष्ण र राधाको नाम नै सदैव अगाडि आउछ । राधा र कृष्णको प्रेम सबै पक्षबाट पूर्ण थियो । यदि कृष्ण राधासँग थिएनन् भने पनि उनीहरु अलग भने कहिल्यै भएनन् । यही कारण आज आम हिन्दूले कृष्णको नाम लिँदा राधाको नाम पनि श्रद्धाका साथ सँगै लिने गरिन्छ र भन्ने गरिन्छ– राधाकृष्ण ।

कृष्ण र राधाको पहिलो विछोड 

बाल्यकालदेखि नै सँगै रहेका राधा कृष्ण पहिलोपटक त्यतिबेला विछाेडिएका थिए, जब कृष्ण र बलराम मामा कंशलाई भेट्न पुगेका थिए । जतिबेला उनले मामा कंशलाई मारेर आफ्ना माता-पितालाई कंशको कारागारबाट मुक्त गरेका थिए । त्यसपछि कृष्णलाई वृन्दावन फर्कने अवसर भने जुरेन । यद्यपि वृन्दावनबाट हिड्ने बेलामा श्रीकृष्णले राधालाई अवश्य पनि भेट्न आउने वचन दिएका थिए । राधाले यसबीचमा कैयौँ वर्षसम्म श्रीकृष्णको बाटो हेरिन् तर उनको चाहना पूरा हुन सकेन ।

यसबीचमा विधिको विधान पनि केही फरक पर्न गयो । उता कृष्णको विवाह रुक्मिनीसँग हुन पुग्यो । रुक्मिनीसँग विवाह गरे पनि कृष्णको मुखारविन्दबाट जहिले पनि राधाको नाम नै उच्चारण हुन भने छोडेन ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]