• फाल्गुन २९, २०८०
  • जुनकिरी खबर

सुनसरीमा ९८ केजी गाँजा बरामद

alt

सुनसरीमा प्रहरीले ९८ केजी गाँजा बरामद गरेको छ । देवानगञ्ज गाउँपालिका ५ स्थित मकैबारीमा अवैध गाँजा लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट ९८ केजी अवैध गाँजा फेला पारी बरामद गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ । उदयपुरको त्रियुगा नगरपालिका ११ बाट प्रतिबन्धित औषधिसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना २६ प ८३७५ नम्बरको स्कुटरको डिकिभित्र लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा फेनार्गन, डाईजेपाम र आईपिल गरी जम्मा ४४ एम्पुल औषधि फेला पारेसँगै स्कुटर चालक स्थानीय २३ वर्षीय पासाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागूऔषधसहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
काेशी प्रदेश : कुन म ...

काेशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएकाे छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज् ...

निजी विद्यालयलाई इटह ...

इटहरी उपमहानगरपालिकाले माध्यमिक तहसम्मको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न निजी बिद्यालयहरुलाई कुर ...

एक हप्ता भित्र सरकार ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् । सोमबा ...

कोशीका मुख्यन्याधिवक ...

कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार क ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]