• चैत २, २०८०
  • जुनकिरी खबर

पत्रकार पिट्ने नगर प्रहरीको जाहेरी लिएन प्रहरीले

alt

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले पत्रकार कृष्ण बहाब माथि भएको दुर्व्यवहारको किटानी जाहेरी लिन आलटाल गरेका छन् । समाचार संकलनका क्रममा बहाब माथि बिहीबार इटहरी उप महानगरका नगर प्रहरीले मोबाइल खोस्दै दुर्व्यवहार गरेका थिए । सिटी सफारी चालकहरूको आन्दोलनको फोटो र भिडियो खिच्दै गर्दा नगर प्रहरीले मोवाइल खोस्दै दुर्व्यवहार गरेका थिए । 
 
सो विषयमा बहाबले बिहीबार इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएका थिए । तर अहिले सम्म जाहेरी दर्ता भएको छैन । पत्रकार महासङ्घको नेतृत्वमा गएको पत्रकारहरूको टोलीसँग डिएसपी कार्कीले आफू प्रक्रियामा रहेको भन्दै जाहेरी दर्ता गर्न आलटाल गरेका थिए । 
 
प्रहरी नायब उपरीक्षकले जाहेरी दर्ता गर्न नमानेपछि पत्रकार महासङ्घले आइतबार सम्मको अल्टिमेटम दिएको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अम्बर खड्काले आइतबार १२ बजे सम्म जाहेरी दर्ता नभए प्रहरी विरुद्ध पत्रकार महासङ्घ आन्दोलनमा उत्रने बताए । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]