• चैत ३, २०८०
  • जुनकिरी खबर

चतरा कुम्भ मेलाको समिति घोषणा

alt

आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण महाकुम्भ मेला सञ्चालनका लागि समितिहरुलाई पूर्णता दिइएको छ । मूल आयोजक समिति मातहत २६ समिति शुक्रबार घोषणा गरिएको छ ।
 
शुक्रबार राधाकृष्ण भक्ति साधना अध्यात्मिक प्रतिष्ठान परिषरमा आयोजित भेलामा मूल आयोजक समितिका सहध्यक्ष रहेका नगर प्रमुख रमेश कार्कीले नामावली घोषणा गरे ।
 
मूल आयोजक समितिको उपाध्यक्षमा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार, वडा नं १ का वडाध्यक्ष किसन थापा मगर, वडा नं २ का वडाध्यक्ष होमप्रसाद गौतम, गङ्गाबहादुर थापा मगर, दिपेशजंग बस्नेत, योगेश भण्डारी, सुशीला शेर्पा, सीता भण्डारी पौडेल, अशोक खडका, सुरेश श्रेष्ठ, विराटनगरकी इन्दिरा रिजाल, सुरेश शर्मा, धरानका पित्रुमल अग्रवाल, इटहरीका विष्णुप्रसाद रिजाल, उर्लाबारीका तेजकुमार रिजाल र वासुदेव गौतम रहेका छन् ।
महासचिवमा ओमकुमार शर्मा र प्रह्लाद भट्टराई रहेका छन् । सचिवमा चन्द्र मगर, नारायण नेपाल, अमर कट्वाल, कृष्ण कट्टेल, ईश्वर थापा, पुष्प ढुङ्गाना रहेका छन् ।
 
त्यस्तै सह-सचिवमा लक्ष्मी मालाकार, सुरेन राई, जितेन्द्र राई, राम गोपाल खड्का, सुरेन्द्र राई सोविता कार्की र दिलु गजमेरको नाम वाचन गरिएको छ ।
 
समितिहरु गठन
नगरप्रमुख कार्कीले घोषणा गरेको २६ समितिहरुमा संयोजक तोकिएको छ भने समितिका सदस्यलाई थप गरी पूर्णता दिइने बताइएको छ ।
 
अनुगमन समितिको संयोजकमा वराहक्षेत्र नगरपालिकाकी उप-प्रमुख नन्दुमारी सुनुवार रहेकी छन् ।
आर्थिक समितिको संयोजकमा भरत पाठक र सह-संयोजकमा ज्ञानु पाण्डे र रमेशकुमार विष्टलाई चयन गरिएको छ ।
शान्ति सुरक्षा व्यवस्थापन समितिको संयोजकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनालाई तोकिएको छ ।
 
स्वयम् सेवक उपसमितिको संयोजकमा दिनेश खम्बूलाई तोकिएको छ । बजार व्यवस्थापन समितिमा सुरेश श्रेष्ठ संयोजक छन् । समितिमा कुमार भट्टराई छन् । प्रचार-प्रसार समिति संयोजकमा सुनिल भट्टराईको नाम घोषणा गरिएको छ ।
 
प्राथमिक स्वास्थ्य उपचार समितिको संयोजकमा चतरा अस्पतालका उपाध्यक्ष प्रदीप बस्नेतलाई तोकिएको छ समितिमा अस्पताल प्रमुख योगेन्द्र कट्टेल छन् । उद्घोषण समितिको संयोजकमा प्रह्लाद भट्टराई र भेषराज घिमिरे छन् । साहित्य सम्मेलन समितिको संयोजक समेत संयोजकमा समेत भट्टराईकै नाम घोषणा गरिएको छ ।
 
स्काउट परिचालन समितिको संयोजकमा नवलप्रसाद उपाध्याय र बालकृष्ण राई छन् ।
 
सांस्कृतिक, मनोरञ्जन तथा पर्यटन प्रवर्द्धन समितिको संयोजकमा अजित राईलाई तोकिएको छ ।
 
यस्तै भजन-कीर्तन समितिको संयोजकमा बद्री दाहाल, साजसज्जा उपसमितिको संयोजकमा अनिल मगर र आलोक श्रेष्ठलाई तोकिएको छ ।
 
झाँकी व्यवस्थापन समितिको संयोजकमा कपिल आचार्य, सन्तमहन्त आवास व्यवस्थापन समिति संयोजकमा भेषराज घिमिरे, यज्ञ, अनुष्ठान, गुरु पण्डित व्यवस्थापन समिति संयोजकमा लोमश रेग्मीलाई घोषणा गरिएको छ ।
 
त्यस्तै अतिथि स्वागत सम्मान समिति संयोजक राधा शर्मा, इन्धन तथा दाउरा व्यवस्थापन समितिमा रञ्जित लोहनी र युवराज श्रेष्ठलाई तोकिएको छ ।
 
 
आवास तथा पण्डाल व्यवस्थापन समितिको संयोजक उद्धव घिमिरे, मञ्च व्यवस्थापन समिति संयोजकमा लक्ष्मी मालाकार, स्नान स्थल निर्माण समिति संयोजकमा बुद्ध श्रेष्ठ र  विद्युत व्यवस्थापन समितिमा दीपक राई र प्रकाश राउतलाई तोकिएको छ ।
 
यातायात व्यवस्थापन समिति संयोजकमा वडाध्यक्ष किसन थापा मगर र सह-संयोजकमा सन्तोष श्रेष्ठ, खानेपानी व्यवस्थापनमा संयोजक डम्बर सिग्देल र सह-संयोजकमा दीपक कोइरालालाई तोकिएको छ ।
 
नगर प्रमुख कार्कीले घोषणा गरेको नामावलीलाई अनुमोदन गरिदिन आग्रह गरेका थिए । भेलाले ताली नबजाएपछि उद्घोषक आयोजक समितिका सचिव चन्द्र मगरले तीन पटक आग्रह गरे । भेलाले वाचन गरिएको नामावलीलाई मौन समर्थन गरे पनि दलीय भागबण्डामा समिति गठन गरिएको र उपस्थितलाई ताली बजाउन मात्र डाकिएको भन्दै असन्तुष्टि व्यक्त भएको थियो । उपस्थित केहीले दलीय भागबण्डा भए पनि राप्रपा र रास्वपालाई 'बाइपास' गरेको भन्दै विरोध जनाएका थिए ।
 
तर नगरप्रमुख कार्कीले समितिमा छुट्न नहुने योग्य मान्छे भए मनोनित गर्ने बताए । 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]