• चैत १२, २०८०
  • जुनकिरी खबर

इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न

alt

इटहरीमा भैँसी प्रतियोगिता आयोजना गरिएको छ । भैँसी पालन गर्दै आएका किसानहरू अन्य पशुपालन तर्फ परिवर्तन हुन थालेपछि भैँसी पालक किसानहरूको प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको हो । 
 
इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सुनसरी र मोरङ जिल्लामा भैसीपालन गर्दै आएका किसानहरू बिच प्रतिस्पर्धा आयोजना गरेको हो । 
 
दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ । सुनसरीको इटहरी र मोरङको सुन्दरहरैचाका ३० जना किसानका ५० वटा भैँसी प्रतियोगितामा सहभागिता गराइएको थियो । 
 
प्रतियोगितामा इटहरी ३ का चन्द्र बहादुर बस्नेतको भैँसी प्रथम भएको छ । यस्तै सुन्दरहरैचा ५ की पदम कुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको छ ।
 
यसै गरी सुन्दरहरैँचा ५कै तीर्थ कुमारी लिम्बुको भैँसी सान्त्वना भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव राजन धमलाले जानकारी दिए ।  भैँसी प्रतियोगिताका निर्णायकमा भेटनरी अस्पताल सुनसरीका प्रमुख कुमार सिंह खत्री, इटहरी उपमहानगरपालिकाका पशुपक्षी शाखाका प्रमुख डा. दुर्गा बहादुर श्रेष्ठ र ईलारी संस्थाका कार्यक्रम संयोजक एणमणि नेपाल रहेका थिए । 
 
भैँसीको स्वास्थ्य, रूप, जिउ डाल, जात, दूधको उत्पादन लगायतका गुणका आधारमा तीन सदस्य निर्णायक टोलीले विजेता भैँसी घोषणा गरेका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]