• चैत १२, २०८०
  • जुनकिरी खबर

इटहरीमा आधुनिक सभा हल बन्ने

alt

इटहरीको ड्रिम प्रोजेक्टको रूपमा रहेको आकाशे पुल र आधुनिक सभा हल निर्माण हुने भएको छ ।  लामो समयदेखि निर्माण गर्ने भनेर चर्चामा रहेको आकाशे पुल र इटहरी सभा गृह निर्माणको प्रक्रिया अगाडि बढेको छ ।  यस अघि इटहरीमा आकाशे पुल बन्ने भन्दै आहा इटहरीको रूपमा चर्चा भएको थियो । 

इटहरी सहरमा व्यवस्थित सभा हल छैन । सभा हल नहुँदा इटहरी उपमहानगरपालिकाको नगर सभा पनि भाडाको हलमा गर्नुपर्ने बाध्यता छ । व्यवस्थित सभा हल बनाउनुपर्ने माग अघिल्लो कार्यकालबाट नै सुरु भएको हो ।  अर्को तर्फ कोशी प्रदेशमै एकै पटक धेरै मानिसहरूको उपस्थितिमा सभा, सम्मेलन, गोष्ठी गर्ने व्यवस्थित सभा हल छैन । 
 
नाटक प्रदर्शनको हब बनेको इटहरीमा व्यवस्थित थिएटर छैन । सुविधा सम्पन्न थिएटर निर्माण गर्नुपर्ने रङ्गकर्मी तथा कलाकर्मीहरूको माग पनि तीव्र छ ।  इटहरी उपमहानगरले सबै क्षेत्रका मागलाई सम्बोधन गर्ने गरी ड्रिम प्रोजेक्टको रूपमा व्यवस्थित आधुनिक सभा हल निर्माण गर्ने भएको छ ।
 
बहु प्रयोजन सहितको आधुनिक सभा हल निर्माण गर्न इटहरी उपमहानगरपालिकाले ठेक्का सम्झौता गरेको छ । इटहरी उपमहानगरपालिकाले भगवती जे एन्ड जे.भी कम्पनी दमकसँग ठेक्का सम्झौता गरिएको इन्जिनियर जीवन घिमिरे जानकारी दिए ।
 
  इटहरी उपमहानगरपालिकाको वडा न. ५स्थित काव्य वाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ । एकै पटक ५ सय मानिस अट्ने क्षमता भएको आधुनिक सभा हल निर्माण हुनेछ । काव्य वाटिकाको जग्गामा १७ हजार ८०३ स्क्वायर फिट क्षेत्रफलमा ३ तलाको आधुनिक शैलीको सभा हल निर्माण हुने इन्जिनियर जीवन घिमिरे जानकारी दिए । 
इटहरीको मुख्य बजार क्षेत्रमा यात्रुहरूलाई बाटो काट्न सजिलो बनाउन बढी भिडभाड हुने २ स्थानमा आकाशे पुल निर्माण गर्न ठेक्का सम्झौता भएको छ । 
इटहरीको मुख्य चौक देखी उत्तर तर्फ धरान रोडमा सङ्गीत चौकबाट रोड क्रस गरी पारी आकेश कलेक्सन छेउ ओर्लने गरी आकाशे पुल निर्माण गरिने भएको हो  । त्यस्तै मुख्य चौकबाट दक्षिण तर्फ गोल्डेन चौकमा अर्को आकाशे पुल निर्माण हुनेछ ।
 
 इटहरी उपमहानगरपालिकाले दुई स्थानमा आकाशे पुल निर्माण गर्न फागुन १८ गते रिजेन्सी विल्र्डससँग ठेक्का सम्झौता गरेको इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । 
 
२ वटा पुल निर्माणका लागि उपमहानगरपालिकाले ५ करोड ४४ लाख ४ हजार ५५४ रुपैयाँको ठेक्का आह्वान गरेको थियो । जसमा ४ करोड ५१ लाख ६३ हजार ७५२ रुपैयाँ प्रस्ताव गर्ने रिेजेन्सी विल्डर्ससँग उपमहानगरले निर्माणको सम्झौता गरेको छ ।  सम्झौता भएको मितिले एक वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने उपमहानगरले जनाएको छ ।
 
बढ्दो सवारी चापले इटहरीमा ट्राफिक व्यवस्थापन गर्न समस्या छ । सवारी चापले गर्दा पैदल यात्रुहरूलाई रोड क्रस गर्न समस्या हुने गरेको छ । 
सवारी व्यवस्थापन ट्राफिक लाइट सुरु भएको छ । तर त्यसले पैदल यात्रुको समस्यालाई सम्बोधन गर्न सकेको छैन । सडक वारपार गर्ने यात्रुको कारण सवारी सञ्चालनमा पनि समस्या छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]