• चैत १३, २०८०
  • जुनकिरी खबर

इटहरीमा खोला मिचेर बनाएका संरचना भत्काउन सुरु

alt

खोला पैनी मिचेर बनाइएका संरचना हटाउन सूचना जारीको ६ महिना पछि उपमहानगरले अवैध संरचना भत्काउन सुरु गरेको छ । 

टेँग्रा खोलाको मुहानबाट खोलाको क्षेत्राधिकार भित्र बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको उपमहानगरले जनाएको छ । यस अघि पटक पटक जारी गरेको सार्वजनिक सूचनालाई अवज्ञा गरेको भन्दै उपमहानगरपालिकाले डोजर लगाएर संरचना भत्काउन सुरु गरेको हो ।

मंगलबार डोजर लिएर संरचना भत्काउन पुगेका नगर प्रमुख हेमकर्ण पौडेलले बारम्बार सुचना जारी गर्दा पनि नभत्काए पछि उपमहानगर आफैले भत्काउन सुरु गरेको जानकारी दिए । 

कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलले जिकिर गरे ।  टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मानेर खोला पैनीको दुवैतर्फ ६/६ मिटर नछोडिकन बनेका संरचना हटाउन सुरु गरेको मेयर पौडेलले जानकारी दिए । 

गएको असारमा ३५ दिने सूचना जारी गर्दै अवैध भौतिक संरचना भत्काउन भनेको उपमहानगरले त्यस पछि पटक पटक १५ दिने र ७ दिने सूचना जारी गरेको थियो । 

खोला, पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदल अन्तर्गतको उपसमितिका प्राविधिक टोलीले टेँग्राखोलाको मुहानबाट नाप जाँच सुरु गरेको थियो ।

 गत साउन ९ गतेदेखि प्रविधिक टोलीले इटहरी उपमहानगरपालिका वडा नम्बर २ बाट काम थालेको थियो । अध्ययन अनुसार ७४ वटा संरचनाहरू  खोला मिचेर बनाइएको पाइएको छ । जसमध्ये २२ वटा आरसिसी (पक्की) भवन  निर्माण भएका छन् । 

यस्ता संरचनामा घर, सरकारी तथा सामुदायिक भवन, विद्यालय र चर्च समेत छन् । अन्य संरचनामा गाईबस्तुका गोठ, सुँगुरका खोरहरू रहेको पाइएको छ।

 अध्ययन अनुसार धेरै ठाउँमा व्यक्तिको जग्गामा खोला बगेको भेटिएको छ भने खोलाको जग्गामा संरचना बनेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]