• भदौ ६, २०७६
  • जुनकिरी खबर

पाथीभरा गोल्डकपको उपाधि सुनसरीलाई

alt

ताप्लेजुङमा सञ्चालित पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इलेभेन एरोज क्लब दुहवी सुनसरीले जितेको छ । सुनसरीले गत वर्षको विजेता रेडस्टार फुटबल क्लब विर्तामोड झापालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । 

टाइब्रेकरमा रेडस्टारका योगेश गुरुङ र विकास थुलुङ गोलगर्नबाट चुके । इलेभेन एरोजका रुपेश केसी, जीवन धामी, विश्व एप्स र उमेश कार्की गोल गर्न सफल भए । रेडस्टारका पूजन उपरकोटी र विशाल लिम्बूले मात्रै गोल गर्न सके ।

पहिलो हाफसम्म गोल गर्न नसकेका दुवै टिमले दोस्रो हाफमा २–२ गोल गरेका थिए । रेडस्टारको तर्फबाट दोस्रो हाफको १५ औं मिनेटमा योगेश गुरुङले गोलको खाता खोलेका थिए । उनले १८ मिनेटको दूरीबाट हानेको फ्रिकिक गोलमा परिणत भएको थियो । त्यसको १० मिनेटपछि अर्थात् खेलको २९ औं मिनेटमा सुनसरीका यानिक ओनाले प्रवेश दनुवारले हेडमार्फत दिएको पासलाई सदुपयोग गरे र खेललाई बराबरीमा पुर्‍याए । उनले २ जना डिफेण्डरलाई छकाएर जाली चुमाएका थिए ।


रेडस्टारका मिलन राईले खेलको ४३ औं मिनेटमा आफ्नो टिमलाई पुन: अग्रता दिलाए । उनले हानेको थ्रोइङ गोलमा परिणत भयो । रेडस्टारले जितको उत्सव मनाउँनै लाग्दा सुनसरीका सुशन तामाङले खुसी खोसिदिए । उनले विजय भुजेलको सुन्दर पासमा खेलको ३९ औं मिनेटमा गोल गरी बराबरी बनाए र खेललाई टाइबेकरमा लगे ।


सुनसरीले नगद ३ लाख ११ हजारसहित कप, ट्रफी प्राप्त गरेको छ भने झापाले १ लाख ५१ हजारमा चित्त बुझाएको छ । विजेतालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कप दिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]