• चैत २०, २०८०
  • जुनकिरी खबर

कोशीको मुख्यमन्त्रीमा राजेन्द्र राईको दाबी

alt

नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले कोशी प्रदेशको मुख्यमन्त्री एमालेले दाबी गर्न नहुने बताएका छन् । उनले अहिलेको परिस्थितिमा एमालेले पुर्‍याएकाले नैतिकताका आधारमा पनि एमालेले कोशी प्रदेशको नेतृत्व दाबी गर्न नहुने बताए  । उनले नेपाल प्रेससँग कुरा गर्दे भने, उहाँहरू ९ एमालेले ० केदार कार्कीलाई मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुत्तः गरेर कानुनी जटिलता उत्पन्न गराएको हो त्यसैले नैतिकताका आधारमा उहाँहरूले यस पटक मुख्यमन्त्री दाबी गर्नु हुँदैन । 

उनले कोशी प्रदेशको अबको मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए । उनले भने, यो गठबन्धन पूर्ण तय सत्ता टिकाउनका लागि बनेको हो। सत्ताकै लागि गठबन्धन बनेको अवस्थामा हामीले चाहिँ किन छाड्ने रु 

उनले यस अघिको गठबन्धन संविधान मिचिएकाले संविधानको रक्षका लागि बनेको भन्दै यस पटकको गठबन्धन सत्ता टिकाउनका लागि बनेको दाबी गरे । उनले सत्ता टिकाउनका लागि गठबन्धन भएकाले एकीकृत समाजवादीले मुख्यमन्त्रीको दाबी गरेको बताए । उनले अन्य प्रदेशमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिए हामी दाबी गर्दैनौ । अन्यत्र नदिए यो प्रदेशको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]