• चैत २०, २०८०
  • जुनकिरी खबर

इटहरीमा भत्किए १९ घर

alt

इटहरी उपमहानगरले टेङ्ग्रा करिडोर निर्माण अभियानलाई तीव्रता दिएको छ । गत मङ्गलबारदेखि सुरु भएको अभियानको क्रममा हालसम्म १९ वटा संरचना भत्काएको छ ।

एक साताको अभियानमा करिब दुई किलोमिटर खोला सफाइ गरिएको नगरले जनाएको छ । इटहरी–२ स्थित टेङ्ग्रा खोलाको सिरानबाट अभियान सुरु गरिएको हो । पटक–पटक सार्वजनिक सूचना जारी गर्दा पनि स्थानीयले अटेर गरेपछि खोलाको जग्गामा बनेका संरचनामा नगरले डोजर चलाएको हो । अहिले उक्त क्षेत्रमा तीन स्काभेटर, २ वटा जेसिबी केही ट्याक्टर र टिपर परिचालन गरी खोला सफाइ अभियानलाई तीव्र पारिएको प्रशासन शाखा प्रमुख सञ्जीव खड्काले बताए ।

उक्त क्षेत्रमा २४ जना प्राविधिक टोली, ३६ जना नगर प्रहरी र ५ जना नेपाल प्रहरी खटिएको उनले बताए । खोलाको भाग सफाइ गर्ने क्रममा एक दर्जन बढी चौपायाका गोठहरू भत्काइएको छ भने बाँसका झ्याङहरू फाँडिएको टेङ्ग्रा सफाइ अभियानका संयोजक तथा उपमहानगरको वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले बताए ।

चौधरीका अनुसार वडा नं. २ को काम सकिएर ३ नं. वडामा प्रवेश गरी काम अघि बढाइएको छ । गत ६ महिनायता नै खोलाको सीमा निर्धारण गरी अवैध संरचना हटाउन चार पटकसम्म म्याद थपेर सूचना जारी गरिएको थियो । मङ्गलबार भने उपमहानगरका प्रमुख हेमकर्ण पौडेलसहितको विज्ञ टोली, स्थानीय जनप्रतिनिधिहरू, प्रहरी प्रशासन र नगर प्रहरीसहितले स्थलगत नापजाँच गरी अवैध संरचना हटाउन थालिएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]