• चैत २२, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेशमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तयारी

alt

मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तयारी गरेका छन् । प्रदेश लगानी बोर्ड कोशी र गैर आवासीय नेपाली सङ्घ (एनआरएन)सँगको समन्वय र सहकार्यमा कार्कीले अन्तर्राष्ट्रिय चिया सम्मेलनको तयारी गरेका छन् । 
 
डा बद्री केसी नेतृत्वको एनआरएनसँग सम्मेलन गर्नका लागि सहमति भइसकेको छ ।  एनआरएन अन्तर्राष्ट्रिय चिया सम्मेलनको सह आयोजक रहने छ ।  केसी नेतृत्वको संस्थाका विषयमा विवाद कायमै रहेकै बेला मुख्यमन्त्री कार्कीको पहलमा एनआरएनसँग सम्झौता भएको हो । सम्झौता भएर काम अगाडि बढेपछि सर्वोच्चले एनआरएनको कार्यसमिति नै खारजी गरिदिएको छ । 
 
सर्वोच्च अदालतले गैर आवासीय नेपाली सङ्घका दुई पटक भएका महाधिवेशन र त्यस क्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ ।
बुधवार न्यायाधीश सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले हालैको महाधिवेशनपछि बनेका बद्री केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेको हो । 
 
विवादित संस्थासँग अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्न प्रदेश सरकारले गरेको सहमतिका विषयमा मुख्यमन्त्री कार्की निकटहरू नै असन्तुष्ट छन् ।  कोशी प्रदेश सरकारका तर्फबाट आयोजक रहेको कोशी प्रदेश लगानी प्राधिकरणले चिया सम्मेलनको तयारी भएको जनाएको छ ।
 
एनआरएनलाई सरकारले बजेट दिने भन्दा पनि एनआरएनले नै आवश्यक बजेट सहित सहयोग गर्ने भएकाले सम्मेलन गर्न सहमति भइसकेको प्राधिकरणले जनाएको  छ । 
आगामी जुनको २१ देखि २३ सम्म अर्थात् असारको  ७, ८ र ९ गते अन्तर्राष्ट्रिय चिया सम्मेलनको मिति प्रस्ताव गरिएको छ । लगानी प्राधिकरणका कार्यकारी अधिकृत डा सरोज कोइरालाले मिति फाइनल नभए पनि प्रस्ताव गरिएको बताए । 
 
इलामको श्रीअन्तु, कन्याम र इलाम बजारमा चिया सम्मेलन गर्ने तयारी भएको कोइरालाले बताए । सम्मेलनको अवसरमा के के क्रियाकलाप गर्ने भन्ने विषयमा भने अझै टुङ्गो लागेको छैन । 
 
कोइरालाले अन्तर्राष्ट्रिय क्षेत्रमा चियाको व्यापार गर्ने व्यापारी, चियाका विज्ञ र नेपाली चियाको प्रवर्धन गर्न सक्नेहरूलाई नेपाल ल्याउन एनआरएनले सहयोग गर्छौ भनेको बताए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]