• चैत्र २२, २०८०
  • जुनकिरी खबर

पूर्वी नाकाबाट व्यापार घाटा ११ अर्ब

alt

नेपालको पूर्वीनाका काँकडभिट्टा भएर भारतसँग हुने व्यापार घाटा ११ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि फागुन मसान्तसम्म नेपालले ११ अर्ब ५२ करोड ५ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरिसकेको हो । यो अवधिमा नेपालले १६ अर्ब ६८ करोड ५७ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको मालवस्तु निर्यात गर्दा २८ अर्ब २० करोड ६३ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । निर्यातको तुलनामा आयात हेर्दा ४० दशमलव ८४ प्रतिशत व्यापार घाटा नेपालले सहनुपरेको उनको भनाइ छ । अघिल्लो आ.व. २०७९/०८० को सोही अवधिमा नेपालले ५३ दशमलव ५६ प्रतिशत व्यापार घाटा व्योहोरेको उनले बताए ।

सो अवधिमा ३१ अर्ब २६ करोड ५१ लाख १३ हजार रुपैयाँ बराबरका सामान नेपालले आयात गरेकोमा १४ अर्ब ५१ करोड ८५ लाख ५७ हजार रुपैयाँ मूल्य बराबरका मात्र मालवस्तु भारत पठाउन सकेको थियो । जहाँ १६ अर्ब ७४ करोड ६५ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको घाटा हो । गत आ.व.को आठ महिनाको तुलनामा चालु आ.व.को आठ महिनामा ९ दशमलव ७८ प्रतिशत वा ३ अर्ब ५८ करोड ७३ लाख ८ हजार रुपैयाँ व्यापार घाटा भएको अभिलेख छ ।

निर्यात भने १४ दशमलव ९३ प्रतिशले वृद्धि भएर १६ अर्ब ६८ करोड ५७ लाख ८४ हजार रुपैयाँ पुगेको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
काेशी प्रदेश : कुन म ...

काेशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएकाे छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज् ...

निजी विद्यालयलाई इटह ...

इटहरी उपमहानगरपालिकाले माध्यमिक तहसम्मको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न निजी बिद्यालयहरुलाई कुर ...

एक हप्ता भित्र सरकार ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् । सोमबा ...

कोशीका मुख्यन्याधिवक ...

कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार क ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]