• चैत २२, २०८०
  • जुनकिरी खबर

पूर्वी नाकाबाट व्यापार घाटा ११ अर्ब

alt

नेपालको पूर्वीनाका काँकडभिट्टा भएर भारतसँग हुने व्यापार घाटा ११ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि फागुन मसान्तसम्म नेपालले ११ अर्ब ५२ करोड ५ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरिसकेको हो । यो अवधिमा नेपालले १६ अर्ब ६८ करोड ५७ लाख ८४ हजार रुपैयाँ मूल्य बराबरको मालवस्तु निर्यात गर्दा २८ अर्ब २० करोड ६३ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । निर्यातको तुलनामा आयात हेर्दा ४० दशमलव ८४ प्रतिशत व्यापार घाटा नेपालले सहनुपरेको उनको भनाइ छ । अघिल्लो आ.व. २०७९/०८० को सोही अवधिमा नेपालले ५३ दशमलव ५६ प्रतिशत व्यापार घाटा व्योहोरेको उनले बताए ।

सो अवधिमा ३१ अर्ब २६ करोड ५१ लाख १३ हजार रुपैयाँ बराबरका सामान नेपालले आयात गरेकोमा १४ अर्ब ५१ करोड ८५ लाख ५७ हजार रुपैयाँ मूल्य बराबरका मात्र मालवस्तु भारत पठाउन सकेको थियो । जहाँ १६ अर्ब ७४ करोड ६५ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको घाटा हो । गत आ.व.को आठ महिनाको तुलनामा चालु आ.व.को आठ महिनामा ९ दशमलव ७८ प्रतिशत वा ३ अर्ब ५८ करोड ७३ लाख ८ हजार रुपैयाँ व्यापार घाटा भएको अभिलेख छ ।

निर्यात भने १४ दशमलव ९३ प्रतिशले वृद्धि भएर १६ अर्ब ६८ करोड ५७ लाख ८४ हजार रुपैयाँ पुगेको उनको भनाइ छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]