• भदौ ६, २०७६
  • जुनकिरी खबर

इलाममा सिसिटिभीबाटै जिल्लाको निगरानी हुने

alt

इलामको जिल्ला प्रहरी कार्यालयले कार्यालयको एउटा कोठाबाटै जिल्लाको निगरानी गर्न थालेको छ । अपराध, दुर्घटना र चोरीका घटना बढ्न थालेपछि जिल्लाका सबै बजारमा सीसी क्यामेरा जोडेर निगरानी थालेको हो । प्रदेश सरकारबाट प्राप्त भएको २७ लाख रूपैयाँ बजेटबाट इलामका विभिन्न बजार र चोकहरुमा ३४ वटा सीसी क्यामेरा जडान गरेर निगरानी थालेको कार्यालयको भनाइ छ ।

इलाम बजारमा १० वटा, फिक्कलमा आठ वटा, पशुपतिनगरमा आठ वटा र मङ्गलबारेमा आठ वटा सीसी क्यामेरा जडान गरी निगरानी गर्न थालेको इलामका प्रहरी उपरिक्षक हिराबहाद्र पाण्डेले बताएका छन् । बजार क्षेत्रमा बढी अपराध, दुर्घटना बढेको र बजारमा सामान हराउने उजुरीसमेत बढेसँगै प्रहरीले निगरानी बढाएको हो ।

बजार क्षेत्रमा १० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएर त्यसमार्पmत क्यामेरा र टीभीको कनेक्सन गरिएको छ । क्यामेरामा एक महिना अघिसम्मको रेकर्ड रहने गरी मिलाइएको जिप्रकाले जनाएको छ ।

क्यामेरा जडानपछि कार्यलयले चोरी भएका दुईवटा मोटरसाइकल पत्ता लगाएर फेला पारिसकेको पनि जनाइएको छ । ती मोटरसाइकल इलामको धोवीधारा र इलाम चोक बजारबाट हराएका थिए । त्यसमध्ये एउटा मोटरसाइकल धोबीधारा देखि तल मेची राजमार्गमै लगेर छाडिएको अवस्थामा भेटिएको थियो भने चोक बजारबाट हराएको मोटरसाइकल पनि केही पर लगेर छाडेर भागेको कार्यालयले जनाएको छ ।

सीसी क्यामेराको निगरानीले सडकमा हुने दुर्घटनाको पनि नियन्त्रण हुने प्रहरी कार्यलयको भनाई छ । अब जिल्लाका अन्य ठाउँमा पनि क्यामेरा जडान गर्ने तयारी रहेको छ । यसअघि झापा र इलामको सिमानामा मात्र सीसी क्यामेराबाट निगरानी भइरहेको थियो । कार्यालयले इलामको चोकबजार, धोवीधारा, जिरो किलोमिटर, बिब्ल्याँटे, नेपाल बैंक छेउ, टुँडिखेल, अस्पताल छेउ, बसपार्क, ट्याक्सी स्टेण्ड र शान्ति चोकमा सीसी क्यामेरा जडान गरेको हो । ती सबै क्यामेरामा कैद भएका श्रब्यदृश्य सामग्री (भिडियो) जिल्ला प्रहरी कार्यालयमा रेकर्ड हुने र त्यहाँबाट हेर्न सकिने ब्यवस्था गरिएको छ ।

ती दृश्यहरु निगरानीका लागि कार्यालयले हरेक दिन प्रहरी राख्ने गरेको छ । कहिँ कतै कुनै घटना भइहालेको खण्डमा तत्काल प्रहरी परिचालन गर्न सकिने समेत कार्यालयको भनाई छ । प्रहरी कार्यालयबाटै जिल्लाका अरु भागमा रहेका सीसी क्यामेराको भिडियो पनि हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]