• चैत २३, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेशका पाँच जिल्लामा टेलिमेडिसिन सेवा सुरु

alt

कोशी प्रदेशका पाँच जिल्लामा टेलिमेडिसिन सेवा सुरु भएको छ। प्रदेश सरकार स्वास्थ्य निर्देशनालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिचमा टेलिमेडिसिन सञ्चालन गर्ने सम्झौता अनुसार यो सुरु भएको हो ।  कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले  सो टेलिमेडिसिनको शुभारम्भ गरेका हुन् । 
 
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कार्यक्रमको आयोजना गरी टेलिमेडिसिनको सुरुवात भएको हो । कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, तेह्रथुम र ताप्लेजुङ जिल्लामा यो सेवा सुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सुनुवारले  टेलिमेडिसिन सेवा मार्फत ग्रामीण क्षेत्रका नागरिकले गुणस्तरीय विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने दाबी गरे । उनले अहिले सहरी क्षेत्रमा मात्र विशेषज्ञ सेवा उपलब्ध हुँदै आएको अवस्थामा ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज होस् भनेर यो कार्यक्रम सुरु भएको मन्त्री सुनुवारको भनाई छ । 
 
टेलिमेडिसिन सेवा मार्फत स्त्री तथा प्रसूति सेवा, सामान्य चिकित्सा, मनोचिकित्सक, छाला सम्बन्धी रोग र बाल रोगका विशेषज्ञहरूको सेवा ती जिल्लामा पुग्ने कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । ‘अहिले पाँच वटा जिल्लाका जिल्ला अस्पतालहरूमा मात्र यो सेवा सुरु गरिएको छ, निर्देशक बस्नेतले भने, आगामी वर्षहरूमा यसलाई स्थानीय तहहरूसँग समेत जोडेर लग्न सकिने छ।’
 
टेलिमेडिसिन सेवा सञ्चालन पछि ती जिल्लाका नागरिकले समयमा नागरिकले सेवा पाउने, विशेषज्ञ अस्पतालहरूमा धाउनु पर्ने बाध्यताको अन्त्य हुने, आऊ जाउमा नागरिकले बेहोर्नु पर्ने झन्झट समेत टर्ने मन्त्रालयको विश्वास छ । टेलिमेडिसिन मार्फत सेवा दिनको लागि जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, मेडिकल अफिसर र कार्यक्रम हेर्ने सम्पर्क व्यक्तिलाई अभिमुखीकरण पछि औजार उपकरणहरूसमेत उपलब्ध गराई सकिएको छ। 
 
विशेषज्ञ सेवा  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट  उपलब्ध गराउने गरी यो कार्यक्रमको सुरुवात भएको हो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]