• चैत २६, २०८०
  • जुनकिरी खबर

कोशीमा हिक्मत कार्कीको नेतृत्वमा नयाँ सरकार गठनको दाबी

alt

कोशी प्रदेशमा एमाले र माओवादीले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनको दाबी पेस गरेका छन् । एमालेका ४० र माओवादीका १३ प्रदेश सभा सदस्यको हस्ताक्षर लिएर एमाले र माओवादी सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुख पर्शराम खापुङ्ग समक्ष गएका हुन् ।यस अघि एमालेका ३९ जना प्रदेश सभा सदस्यले  कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
 
यस्तै एमाले र माओवादीका प्रदेश सभा सदस्यहरूले कार्कीलाई दिएको विश्वासको मत समेत फिर्ता लिएका छन् । समर्थन फिर्ता र विश्वासको मत समेत फिर्ता लिएकाले  मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि दाबी पेस भएको हो ।
 
हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन पेस भएको दाबीमा एमालेका ४० र माओवादीका १३ जना प्रदेश सभा सदस्य रहेका छन् । कोशीमा बहुमत पुर्‍याउन  ४७ प्रदेश सभा सदस्य आवश्यक पर्दछ । 
 
यसै गरी ५३ जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षर सहित प्रदेश सभाको विशेष अधिवेशन बोलाउन समेत प्रदेश प्रमुखसमक्ष माग गरिएको छ  । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]