• चैत २८, २०८०
  • जुनकिरी खबर

कोशी प्रदेश सभाको विशेष अधिवेशन आव्हान

alt

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बैशाख ६ गते दिनको १ बजेका लागि कोशी प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्नुभएको छ । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए । सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम विसं २०८१ वैशाख ६ गते दिनको १ बजे कोशी प्रदेशसभा हल विराटनगरमा अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । कोशी प्रदेशका नेकपा एमालेका ३९ जना र माओवादी केन्द्रका १३ जना गरी ५२ जना प्रदेश सांसदहरुले विशेष अधिवेशन माग गरेको आधारमा प्रदेश प्रमुख खापुङले विशेष अधिवेशन आव्हान गर्नुभएको हो ।

संविधान अनुसार प्रदेश सभाको एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा अधिवेशन आव्हान गर्ने संवैधानिक प्रावधान रहेको छ भने अन्य अधिवेशनहरु भने प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुखले आव्हान गर्ने प्रावधान छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अल्पमतमा परेपछि पनि राजिनामा नदिएपछि र विश्वासको मत पनि नलिने अडान लिएपछि नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले विशेष अधिवेशन आव्हानका लागि चैत्र २६ गते प्रदेश प्रमुखको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]