• वैशाख २, २०८१
  • जुनकिरी खबर

वराहको सम्पत्ति लिलामी प्रक्रियामा

alt

वराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का नाममा नेपालका विभिन्न स्थानमा भएका सम्पत्ति बैङ्कले लिलामी बिक्रीका लागि प्रक्रिया अघि बढाएको छ ।

प्राइम बैङ्कले चैत २८ गते लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेर प्रक्रिया अघि बढाएको हो । बैङ्कले विभिन्न स्थानका घरजग्गा, सवारी साधन तथा कम्पनीहरू लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेको छ । बैङ्कले पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदा पनि ऋणको किस्ता, ब्याज, हर्जाना नबुझाएको र पटक–पटक सूचना प्रकाशित गर्दा पनि ऋण नबुझाएकाले लिलाम बिक्रीका लागि पुनः सात दिने सूचना प्रकाशित गरेको जनाएको छ । बैङ्कले लिलाम बिक्रीबाट ऋण असुल उपर नभएमा ऋण लिने व्यक्ति तथा संस्थाका साथै जमानी बस्ने व्यक्तिको घरघरानाबाट पनि ऋण असुल उपर गर्ने सूचनामा उल्लेख गरेको छ ।

बैङ्कले प्रा.लि.का अध्यक्ष शिवकुमार लामिछाने, सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा (दियाली), प्रकाश लामगादे, विष्णुमाया विश्वकर्मा, रीना राई, सरिता कालिकोटे, शम्भु मोक्तान, शुभराज खाती, कानूनी सल्लाहकार अवइन्द्र निरौला, रोशना मोक्तान, अम्बरबहादुर विश्वकर्मालगायतका नाममा रहेका सम्पत्ति लिलाम बिक्री गर्न लागेको जनाएको छ ।

यस्तै श्रीपा सुपर मार्केट स्टोर प्रा.लि., वराह नेशनल इन्भेष्टमेण्ट प्रा.लि., बागमती प्रदेश ०१–०२६ च ६३३५ नम्बरको गाडी, वराह डिपार्टमेण्ट स्टोर प्रा.लि., बागमती प्रदेश ०१–०२६–प ३०९७ को नम्बरको गाडी पनि लिलाम बिक्री गर्न लागेको सूचना निकालेको छ । यस्तै टाइम्स रेमिट प्रा.लि.को लिलाम बिक्री गर्ने सूचना पनि जारी गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]