• वैशाख ९, २०८१
  • जुनकिरी खबर

इटहरीमा ९ औँ स्कुल थियटर सुरु

alt

इटहरीमा आजबाट स्कुल थियटर प्रर्दशन सुरु भएको छ । विद्यालयका बालबालिका आफैले लेखन, निर्देशन र प्रस्तुती दिने नाटकहरुको श्रृङ्खला स्कुल थिएटर आजबाट सुरु भएको हो ।

इटहरीको तायरिप्ची भवनमा नाटक प्रर्दशन हुनेछ । आज बिहान ११ बजे, दिउँसो १ बजे र साँझ ५ बजे नाटक प्रस्तुत गरिने कलालयले जानकारी दिएको छ । स्कुल थियटर आज र भोली दुई दिन प्रर्दशन गरिनेछ । दुई दिनमा ६ वटा नाटक प्रर्दशन गरिने कलालयका अध्यक्ष सोनु जयन्तीले जानकारी दिए । 

१५ दिनको कार्यशालामा सहभागि भएका ६१ जना बालकालिकाहरुले नाटक प्रर्दशन गर्नेछन् ।  यस बर्ष पर्यावरण, प्रविधिको विकास, शिक्षा र समाजका कथालाई नाटक मार्फत प्रस्तुत गर्ने कलालयका अध्यक्ष जयन्तीले जानकारी दिए । 

बालबालिकालाई नाटक मार्फत समाज बुझाउने प्रयास गर्दै आएको कलालयले विगत १४ बर्ष देखी स्कुल थियटर आयोजना गर्दै आएको छ । 

स्कुल थियटर मार्फत उत्पादन भएका कलाकारहरु अहिले राष्ट्रिय स्तरमै नाटक प्रर्दशन गर्न सक्षम मात्रै नभएर स्थापित पनि भएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]