• भदौ ७, २०७६
  • जुनकिरी खबर

बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा

alt

ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्‌वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो ।

वडा सचिव कट्‌वाल सुनकोशी गाउँपालिकाको च्यानमका बासिन्दा हुन् ।भदौ १ गते स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कट्वालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।

पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । यसैगरी प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो ।

नाताले भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]