• वैशाख ११, २०८१
  • जुनकिरी खबर

इटहरीमा खानेपानी अभाव

alt

इटहरीमा खानेपानी अभाव हुँदै गएको छ । इटहरी-५ को बोरिङबाट धमिलो पानी आएकोले पानी आपूर्तिमा समस्या देखिएको हो ।

इटहरी खानेपानी उपभोक्ता संस्थाले सूचना प्रकाशित गर्दै मितव्ययी बन्न आग्रह गरेको छ । खडेरीको कारण सतहको पानी घटेकाले समस्या देखिएको उल्लेख गरिएको छ ।

मंगलबार प्रकाशित सूचनामा भनिएको छ, 'बिद्युत् आपूर्तिमा अनियमितता, न्यून भोल्टेजको बिद्युत्, लामो खडेरीका कारण सतहको पानी घट्नु लगायतका कारणबाट समेत पानी उत्पादनमा कमी आइ धारामा नियमित पानी नआएको, माथिल्ला तलामा पानी नचढ्ने गरेको ब्यहोरा अनुरोध छ ।'

बिग्रेको पम्प तत्काल पुनस्थापनाको कार्य भइरहेको तथा पानी आपूर्तिलाई व्यवस्थित बनाउने कार्य भइरहेको बताइएको छ । खानेपानीलाई निर्माण कार्य, करेसाबारी, बाटो लगायतका ठाउँहरूमा प्रयोग नगरी खाने पिउने लगायतका कार्यमा मात्र प्रयोग गर्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]