• बैशाख १२, २०८१
  • जुनकिरी खबर

इटहरीमा नयाँ पोसाक लागु नगर्न चौतर्फी दबाब

alt

निजी विद्यालयको निर्णयको पक्षमा इटहरी उपमहानगरपालिकाका बहुमत कार्यपालिका सदस्यले एकबद्धता जनाएका छन् । उप-प्रमुख सङ्गीता चौधरी सहित नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूले शिक्षा शाखाको निर्णयको खुलेरै विरोध गरिरहेका छन् । उप-प्रमुख चौधरीले शिक्षाको हब बनाउन प्रयास गर्नुपर्ने बेला नगर प्रमुखले अराजक काम गरेको बताइन् ।

उद्योग वाणिज्य सङ्घ इटहरी, नागरिक समाज लगायत इटहरीका अग्रज बुद्धिजीवीहरूले समेत पोसाक परिवर्तनको निर्णय कार्यान्वयनमा नल्याउन दबाब दिएका छन् । विद्यार्थी र अभिभावकको हित विपरीत भएको भन्दै इटहरी उवा सङ्घ अध्यक्ष जीवन पराजुलीले लगानीकर्तालाई भड्काउने काम भएको बताए । निजी क्षेत्रका लगानीकर्ता देखी विद्यार्थी र अभिभावकलाई लोड थप्ने कदमको विरोध गर्नुपर्ने उनको भनाइ छ ।

इटहरीका अभिभावक विद्यार्थी र लगानीकर्ताको भविष्य अन्यौलता बढेको नागरिक समाज इटहरीकी अध्यक्ष बालीका भट्टराईले बताइन् । अभिभावकलाई कस्तो पोसाकमा विद्यालय पठाउने भन्ने बारेको अन्यौलताले इटहरीका विद्यार्थी अन्य सहरमा जाने खतरा बढेको उनको गुनासो छ ।

सम्बन्धित समाचारहरु
काेशी प्रदेश : कुन म ...

काेशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएकाे छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ७ मन्त्री र २ राज् ...

निजी विद्यालयलाई इटह ...

इटहरी उपमहानगरपालिकाले माध्यमिक तहसम्मको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न निजी बिद्यालयहरुलाई कुर ...

एक हप्ता भित्र सरकार ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो हप्ताभित्र सरकार विस्तार गर्ने बताएका छन् । सोमबा ...

कोशीका मुख्यन्याधिवक ...

कोशी प्रदेशका मुख्य महान्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार क ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]