• वैशाख १२, २०८१
  • जुनकिरी खबर

इटहरीमा नयाँ पोसाक लागु नगर्न चौतर्फी दबाब

alt

निजी विद्यालयको निर्णयको पक्षमा इटहरी उपमहानगरपालिकाका बहुमत कार्यपालिका सदस्यले एकबद्धता जनाएका छन् । उप-प्रमुख सङ्गीता चौधरी सहित नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूले शिक्षा शाखाको निर्णयको खुलेरै विरोध गरिरहेका छन् । उप-प्रमुख चौधरीले शिक्षाको हब बनाउन प्रयास गर्नुपर्ने बेला नगर प्रमुखले अराजक काम गरेको बताइन् ।

उद्योग वाणिज्य सङ्घ इटहरी, नागरिक समाज लगायत इटहरीका अग्रज बुद्धिजीवीहरूले समेत पोसाक परिवर्तनको निर्णय कार्यान्वयनमा नल्याउन दबाब दिएका छन् । विद्यार्थी र अभिभावकको हित विपरीत भएको भन्दै इटहरी उवा सङ्घ अध्यक्ष जीवन पराजुलीले लगानीकर्तालाई भड्काउने काम भएको बताए । निजी क्षेत्रका लगानीकर्ता देखी विद्यार्थी र अभिभावकलाई लोड थप्ने कदमको विरोध गर्नुपर्ने उनको भनाइ छ ।

इटहरीका अभिभावक विद्यार्थी र लगानीकर्ताको भविष्य अन्यौलता बढेको नागरिक समाज इटहरीकी अध्यक्ष बालीका भट्टराईले बताइन् । अभिभावकलाई कस्तो पोसाकमा विद्यालय पठाउने भन्ने बारेको अन्यौलताले इटहरीका विद्यार्थी अन्य सहरमा जाने खतरा बढेको उनको गुनासो छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]